इटहरी/ कलाकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय रहनुभएकी शकुन्तला शर्मा यतिबेला मुटुसम्बन्धी गम्भीर समस्यासँग जुधिरहनुभएको छ। उहाँको दुवै मुटुको भल्भमा समस्या देखिएपछि उपचारमा सहयोग पुर्याउन चलचित्रकर्मी कल्याणकारी कोषले ७५ हजार रुपैयाँ नगद सहयोग प्रदान गरेको छ।
बुधबार शकुन्तला शर्माको लाजिम्पाटस्थित निवासमा पुगेर यो आर्थिक सहायता हस्तान्तरण गरिएको हो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी , बोर्ड सदस्यहरू सन्तोष लोहनी र वीरेन्द्र भट्ट, साथै कल्याणकारी कोषकी संयोजक वसुन्धरा भुसाल लगायतको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरियो। यस अवसरमा लोकप्रिय कलाकार तथा निर्देशक दीपाश्री निरौला र चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा पनि उपस्थित भई शर्माको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको थियो।
चलचित्र विकास बोर्ड अन्तर्गत सञ्चालित यो कल्याणकारी कोषले नेपाली फिल्म क्षेत्रका समस्यामा परेका कलाकार तथा प्राविधिकहरूलाई निरन्तर सहयोग गर्दै आएको छ। शकुन्तला शर्माको शीघ्र स्वास्थ्य लाभको कामनासहित, यो सहयोगले उहाँको उपचारमा केही राहत मिल्ने अपेक्षा गरिएको छ।
@parikalanewsofficial















Discussion about this post