इटहरी/ भीम लामा फिल्मस् को व्यानरमा निर्मित ‘लडाइँ पहिचानको’ फिल्मको पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरिएको छ । यो फिल्म आउँदो मंसिरको ५ गते देखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । सार्वजनीक पोस्टर रिलिज मिति सार्वजनिक गर्नलाई मात्र तयार गरिएको लेखक तथा निर्देशक भीम लामाले जानकारी गराए । फिल्मको नामलाई न्याय दिनेगरी अर्को पोष्टर चाडैं सार्वजनीक गरिने लामाको भनाई छ । सार्वजनीक पोष्टरमा दुई जोडी प्रेमिल मुद्रामा देखिएका छन् ।
जेनी तामाङ र प्रशान्त तामाङको जोडीका साथमा करिश्मा मानन्धर र धिरेन शाक्यको जोडी सार्वजनीक पोष्टरमा फिचर्ड छन् । यी दुवै जोडी पारम्परिक भेषभूषा र सांस्कृतिक पहिरनमा प्रस्तुत छन् । यसले फिल्मले प्रेमसँगै जातीय पहिचान, सांस्कृतिक विविधता र समाजको कथालाई समेटेको संकेत गर्छ । यस फिल्ममा मुख्य भूमिकामा प्रसान्त तामाङ र नव-नायिका जेनि तामाङ छन् ।

यस्तै करिश्मा मानन्धर, धिरेन शाक्य, राजेन्द्र खड्गी, सुरबिर पण्डित, प्रेम सुब्बा, किशोर साम्बाहाम्फे, अरुण कुमार प्रधान, शार्मिला राई, पशुराम चौधरी, सुवास योञ्जन, दिनेश कोइराला, दिलु सुब्बा, रामजी बिष्ट, नवीन म्यान्याङ्बो, पवि तेम्बे, रोशन शर्मा, छिरिङ शेर्पा, डम्बर कुमारी लिम्बु, अम्बिका ढकाल, सुदीप लिम्बु लगायत कोशी प्रदेशका थुप्रै कलाकारको यो फिल्ममा अभिनय रहेको छ ।
@parikalanewsofficial
यो फिल्मको निर्माताहरूमा भिम लामा, दिलु सुब्बा, रामजी बिष्ट र उमेश तामाङ छन् । यस्तै सम्पादन रमेश विश्वकर्मा, नृत्य निर्देशन मीन कुमार लिम्बु र सानुराजा लिम्बु, एक्सन निर्देशन देव महर्जन र छायांकन मदन घिमिरे कायस्थ ले गरेका छन् । ‘लडाइँ पहिचानको’ एक सामाजिक कथा हो, जसले प्रेमसँगै पहिचान र समाजको मुद्दालाई उठाउने प्रयास गरेको निर्देशक लामाको भनाई छ ।














Discussion about this post