इटहरी/ नेपाली फिल्ममा जीवनका साना तर गहिरा पाटा समेट्ने कोशिसस्वरूप ‘सिटामोल’ नामक नयाँ फिल्मले टिजरमार्फत दर्शकमा गहिरो छाप छोडेको छ । राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको विशेष अवसर पारेर आइतबार सार्वजनिक गरिएको फिल्मको टिजरले स्वास्थ्य पहुँच, प्रेम, विवाहित जीवनका उतारचढाव र गाउँको सामाजिक संरचना झल्काउँछ ।
‘जुम्लेलीलाई जीवन जल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर’ भन्ने मार्मिक हरफले सुरु हुने टिजरले सौगात मल्ल र बेनिशा हमालको बाल्यकालदेखि विवाहपछि आएको संघर्षलाई केन्द्रमा राखेको छ । निर्देशक राज बहादुर सानेले ग्रामीण जीवनको यथार्थ चित्रण गर्न खोजेका छन् । हेर्नुस् टिजर ।
आउँदो साउन २३ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा सौगात र बेनिशासँगै श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल तथा बालकलाकार करण परियार र आराध्या राज्यलक्ष्मी डिसीको पनि अभिनय रहेको छ । श्रीकृष्ण र जानुकाको यो डेब्यु फिल्म हो ।
तुल्सी देवी फिल्म प्राली र जुनतारा फिल्मस्को संयुक्त निर्माण रहेको ‘सिटामोल’को कथा प्रदीप भण्डारी र निर्देशक सानेले लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको फिल्ममा निर्माता भुगोल कुमार कार्की र विकास राज जोशी रहेका छन् । कार्यकारी निर्मातामा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी छन् भने गंगाराम श्रेष्ठ सह-निर्माताको भूमिकामा छन् ।
@parikalanewsofficial
फिल्मको गीतमा संगीत बाबुल गिरीले दिएका छन् भने नृत्य निर्देशन कविराज गहतराजको रहेको छ । फिल्मको सम्पादन बन्दे प्रसादले, डिआई कलर राजेन्द्र मोक्तानले, साउण्ड डिजाइन मुकेश शाहले, द्वन्द्व निर्देशन देव र शंकर महर्जनले सम्हालेका छन् । राकेश दाहालको पोस्टर डिजाइन, विकास तामाङ र धनबहादुर राईको प्रोडक्सन व्यवस्थापन, र दिव्य सुवेदीको छायांकन यो फिल्ममा रहेको छ ।
Discussion about this post