इटहरी/ जापान, नेपाल र फिलिपिन्समा छायांकन हुने बहुप्रतीक्षित नेपाली फिल्म ‘जहाजैमा’का लागि अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । भदौदेखि जापानमा छायांकन सुरु गर्न लागिएको यस फिल्ममा सौगातले आफूले निभाउन लागेको भूमिका विशेष मन परेपछि काम गर्न स्वीकृति दिएका हुन् । यद्यपि, उनको चरित्रबारे हालसम्म गोप्य राखिएको छ ।
कृषा चौलागाईंको निर्देशनमा तयार हुने यो फिल्ममा सौगातसँगै हास्य कलाकार केदार घिमिरे पनि फाइनल भइसकेका छन् । उनको भूमिकाबारे पनि औपचारिक जानकारी आउन बाँकी छ । ‘जहाजैमा’मार्फत निर्देशक कृषा र अभिनेता सौगात ‘पिताम्बर’पछि दोस्रो पटक सहकार्य गर्दैछन् ।

यूएनए प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मलाई उज्ज्वल गुरागाईंले निर्माण गर्दै छन् । फिल्ममा जापानीज अभिनेत्री रुजेल इचिमियाको पनि अभिनय रहनेछ भने अन्य केही चर्चित कलाकारहरूको पनि अभिनय रहने तयारी छ । छायांकन पूर्व तयारी तीव्र गतिमा अघि बढिरहेको फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गर्नेछन् ।
@parikalanewsofficial















Discussion about this post