इटहरी/ नेपाली समाजको यथार्थ, आत्मीय भावना र परिवारको सम्बन्धलाई पर्दामा जीवन्त रूपमा उतारेको फिल्म ‘ऊनको स्वीटर’ले देशभरका करिब ४० फिल्म हलमा लगातार ५१ दिनको सफल प्रदर्शन पूरा गरेको छ । नेपाली फिल्ममा कुनै फिल्मले ५० दिन नाघ्नु आफैँमा उपलब्धि मानिन्छ, र ‘ऊनको स्वीटर’ले त्यो उपलब्धि मात्र होइन, दर्शकको मन पनि जित्न सकेको छ ।
नवीन चौहानद्वारा लेखन तथा निर्देशन गरिएको यो फिल्मले दर्शकहरूलाई कथावस्तु, सशक्त अभिनय र सुमधुर सङ्गीतको संयोजनमार्फत गहिरो छाप छोडेको छ । चौहानले फिल्मको सफलताप्रति खुसी व्यक्त गर्दै दर्शक र शुभेच्छुकप्रति आभार प्रकट गरेका छन् । उनले भने, “दर्शकको मायाले हामीलाई अझ धेरै मेहनत गर्ने ऊर्जा दिएको छ।”

फिल्ममा बिपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, भावना खपांगी मगर, विल्सन विक्रम राई र सुनिल पोखरेलको अभिनय रहेको छ । पारिवारिक र सामाजिक सन्देश बोकेको फिल्म ‘ऊनको स्वीटर’ सहरी र ग्रामीण दुवै क्षेत्रमा उत्तिकै प्रभावशाली सावित भएको छ ।
@parikalanewsofficial
हल सञ्चालकहरूका अनुसार, यो फिल्म हेर्न आउने अधिकांश दर्शक पारिवारिक समूह हुन्, जसले फिल्मको भावनात्मक पक्षलाई अझ गहिरो बनाइदिएको छ । समीक्षकहरूबाट पनि फिल्मले सकारात्मक टिप्पणी पाएको छ, जसले यसको चर्चा र लोकप्रियता अझ फैलिएको छ । आर्टमान्डूको ब्यानरमा बनेको यो फिल्ममा सुजन चापागाईंको निर्देशनमा तयार गीतहरू र कोविद बज्रको सङ्गीतले कथालाई भावनात्मक स्पर्श थपेको छ ।















Discussion about this post