इटहरी/ देशमा परिवर्तन ल्याउन एक ‘हली’ नै काफी छ भन्ने सन्देश बोकेको नेपाली फिल्म ‘हली’को प्रमोशनल गीत शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ । पूजा गुरुङ र जश्मिन श्रेष्ठको संयुक्त लगानीमा बनेको फिल्मको यो गीतले प्रचार–प्रसारलाई नयाँ उचाइमा पर्याउने अपेक्षा गरिएको छ । गीतमा बाबुल गिरी र शान्ती श्री परियारको सशक्त स्वर, जश्मिन श्रेष्ठको भावपूर्ण शब्द तथा बाबुलकै संगीत रहेको छ ।
भिडियोको निर्देशन तथा कोरियोग्राफी चर्चित कोरियोग्राफर कविराज गहतराजले गरेका हुन्, उनले गीतको कोरियोग्राफी आकर्षक ढंगले गरेका छन् । सार्वजनीक गीतको भिडियोमा मुख्य कलाकार प्रमोद दीपसँगै लोकप्रिय कलाकारहरू दीपाश्री निरौला, किरण केसी, दीलिप रायमाझी, प्रियंका कार्की र पूजा शर्मा फिचर्ड छन् । फिल्म ‘हली’ ओम प्रतिकको लेखन तथा निर्देशनमा बनेको हो भने सुभ चिरायू फिल्मस् र जापुरा फिल्मस् प्रोडक्सनको सहकार्यमा निर्माण भएको हो । हेर्नुस् भिडियो।
निर्माता जश्मिन श्रेष्ठका अनुसार फिल्म वास्तविक घटनाबाट प्रेरित छ र समाजमा जागरण ल्याउने उद्देश्य बोकेको छ । फिल्ममा प्रमोद दीप, सुजता थापा, ओम प्रतिक, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको अभिनय देख्न पाइनेछ ।
नम्रता भण्डारी सह–निर्माताको भूमिकामा छिन् भने अर्जुन भुसाल कार्यकारी निर्माता हुन् । फिल्ममा छायांकन राहुल राइको, सम्पादन राम प्रसाद चौधरी र विपिन मल्लको रहेको छ । मुख्य सहायक निर्देशक जीवननाथ गौतम, लाइन प्रोड्यूसर लक्ष्मण बज्राचार्य हुन् । एक्सन निर्देशन कुमार महर्जनले गरेका छन् भने फिल्ममा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भण्डारीको संगीत रहेको छ ।
@parikalanewsofficial















Discussion about this post