इटहरी/ फिल्म ‘जेरी अन टप’को प्रदर्शनपछि अनन्या फिल्म्सले अर्को फिल्म ‘घोस्टेल’को छायांकन सुरु गर्ने तयारी गरेको छ । हरर कमेडी विधामा निर्माण हुन लागेको ‘घोस्टेल’का लागि निर्माण घोषणा सँगै हाल कलाकार छनोट प्रक्रिया सुरु गरिएको छ । निर्माता सरोज न्यौपानेका अनुसार, फिल्मका लागि काठमाडौं, पोखरा, नेपालगञ्जसहितका सहरहरूमा अडिसन आयोजना गरिनेछ ।
बुधवार फिल्मको टाईटल पोष्टर सार्वजनिक गर्दै निर्माता न्यौपानेले ‘घोस्टेल’ निर्माणको औपचारिक घोषणा गरेका हुन् । यो फिल्म सन् २०२६ मा निर्माण हुने बताइएको छ । यो फिल्ममा सरोज न्यौपानेसँगै निर्माता सुयोग गुरुङ पनि सहकार्यमा छन् । ‘षडङ्ग’ र ‘खजुरे ब्रो’ जस्ता चर्चित फिल्म निर्देशन गरेका सुरज सुनुवार ‘घोस्टेल’को निर्देशक हुन् ।
यो फिल्मले हाँसो र डरको संयोजनमार्फत फरक स्वाद दिने निर्माण पक्षको विश्वास छ । यसैबीच, अनन्या फिल्म्सले सन् २०२६ मै कलाकार दीपकराज गिरीसँग मिलेर अर्को नयाँ फिल्म पनि बनाउने तयारी गरिरहेको छ । उता, अनमोल केसी स्टारर ‘जेरी अन टप’लाई निर्देशक सुयोग गुरुङले निर्देशन गरेका हुन् । तिहारको छेकोमा यो फिल्म प्रदर्शन हुने अनुमान गरिएको छ । ‘जेरी अन टप’ रिलिजपछि मात्र ‘घोस्टेल’को छायांकन आरम्भ हुने बताइएको छ ।
@parikalanewsofficial















Discussion about this post