इटहरी/ नेपाल, जापान र फिलिपिन्सको कथालाई समेटेर निर्माण हुँदै गरेको फिल्म ‘जहाजैमा’ मा अब लोकप्रिय कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को इन्ट्री भएको छ । निर्देशक कृषा चौलागाईंको निर्देशनमा बन्ने यो फिल्मका लागि माग्नेबुढा आज औपचारिक रूपमा अनुबन्धित भएका हुन् ।निर्माता उज्ज्वल गुरागाईं स्वयं जापानबाट नेपाल आइपुगेर केदारसँग कागजी सम्झौता गरेका हुन् ।
सम्झौता कार्यक्रमपछि निर्देशक कृषाले भनिन्, “केदारजी नेपाली दर्शकमाझ अत्यन्त प्रिय कलाकार हुनुहुन्छ । उहाँको अभिनय अनुभव र प्रभावशाली उपस्थिति ‘जहाजैमा’को कथा र चरित्रका लागि निकै उपयुक्त छ । उहाँलाई फिल्ममा पाउँदा हामी सबै उत्साहित छौं।” यो फिल्ममा कृषा र केदारको पहिलो सहकार्य हो ।

निर्देशकको तेस्रो निर्देशन रहेको ‘जहाजैमा’ अहिले धमाधम प्रि-प्रोडक्सन चरणमा रहेको छ । निर्माण टिमका अनुसार, फिल्ममा मल्टिस्टार कास्ट रहनेछ र अन्य कलाकारहरू पनि चयनको अन्तिम चरणमा छन् । यसअघि नै फिल्मका लागि जापानी नायिका रुजेल इचिमिया अनुबन्धित भइसकेकी छिन् । यूएनए प्रोडक्सन को ब्यानरमा बन्ने यो फिल्म भदौ महिनाबाट छायांकनमा जाने तयारीमा छ, जसका दृश्यहरू नेपाल, जापान र फिलिपिन्समा खिचिनेछन् ।
@parikalanewsofficial















Discussion about this post