इटहरी/ फिल्म ‘राम नाम सत्य’ ले चर्चित अभिनेता सुनिल थापालाई दर्शकले कहिल्यै नदेखेको रूपमा प्रस्तुत गर्ने तयारी गरिरहेको छ । फिल्मका निर्देशक माइकल चन्दका अनुसार, सुनिल थापा एकदमै नयाँ गेटअपमा देखिनेछन्, जसले दर्शकलाई आश्चर्यमा पार्नेछ । “उहाँको यो अवतार पूर्ण रूपमा भिन्न हुनेछ,” चन्द भन्छन्, “दर्शकका लागि यो एक सरप्राइज हो ।”
फिल्मको प्रि–प्रोडक्सन अहिले तीव्र गतिमा अघि बढिरहेको छ । कलाकार छनोट पनि धमाधम भइरहेको छ । यसअघि नै नायक विराज भट्ट, सुशिल श्रेष्ठ, नायिका दिव्या रायमाझी र सुपुष्पा भट्टलाई फिल्मका लागि फाइनल गरिएको छ । हाल ‘परिवर्तन’ फिल्ममा व्यस्त रहेका सुशिल श्रेष्ठ फर्किएपछि फिल्मको वर्कशप सुरु हुने निर्देशक चन्दले जानकारी दिए ।
@parikalanewsofficial
लभस्टोरी, एक्सन, रोमान्स र सस्पेन्सको मिश्रणमा बन्ने ‘राम नाम सत्य’ माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुँदैछ । फिल्ममा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङको लगानी रहेको छ भने कार्यकारी निर्माता डा. डीआर उपाध्याय, टीआर गौडेल र नरेन्द्र शाह रहेका छन् ।
छायांकन निर्देशक (डीओपी) महेश पौडेल रहने यस फिल्ममा केही दृश्यका लागि दक्षिण भारतीय कलाकार तथा एक्सन निर्देशकसँग सहकार्य गर्ने तयारी पनि गरिएको छ । फिल्म निर्माण टिमका अनुसार, ‘राम नाम सत्य’ ले नयाँ शैली, नयाँ गेटअप र नयाँ अनुभव दिने लक्ष्यसहित दर्शकमाझ आउने तयारी गरिरहेको छ ।












Discussion about this post