इटहरी/ रवि लामिछानेविरुद्धको राजनीतिक प्रतिशोधप्रति असहमति जनाउँदै अभिनेता विपिन कार्कीले हस्ताक्षर अभियानमा सहभागिता जनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संचालन गरिरहेको ‘रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर अभियान’मा अभिनेता कार्कीले आइतबार रास्वपाको केन्द्रीय कार्यालयमै पुगेर हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षर गरेपछि उनले यो कार्यमा प्रत्यक्ष समर्थन जनाउन आएको बताएका छन् ।

पार्टीको तेस्रो स्थापना दिवसको अवसर पारेर असार ७ गतेदेखि रास्वपाले यो अभियान सञ्चालन गरिरहेको हो । यसैबीच, विपिन अभिनीत पछिल्लो फिल्म ‘ऊनको स्वीटर’ले पनि घरेलु बक्स अफिसमा उल्लेख्य सफलता प्राप्त गर्दै १० करोड रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको छ ।
@parikalanewsofficial












Discussion about this post