इटहरी/ वर्तमान पुस्ताको विदेशप्रतिको मोहले घरमै एक्लिएका बुबाआमाको गहिरो पीडा र मनोवैज्ञानिक प्रभावलाई केन्द्रमा राखेर तयार पारिएको लघु फिल्म ‘खाली सिसी नयाँ कागज’ हालै सार्वजनिक गरिएको छ । लेखक तथा निर्देशक शैलेन्द्र बज्राचार्यको संयोजनमा तयार भएको यस फिल्मले ‘Empty Bottles, Blank Papers’ उपशीर्षकसहित विदेशी भूमिमा हराएका छोराछोरी र तिनका अभावमा बाँचिरहेका अभिभावकहरूको यथार्थलाई कलात्मक र संवेदनशील ढङ्गले उजागर गरेको छ ।
वरिष्ठ कलाकार मुकुन्द श्रेष्ठ र रचना सिंहसँगै अफ्शान पन्थी, रविन्द्र नेपाल, सुमन थापा, विनोद लामा र मनिला रानाको सशक्त अभिनयले फिल्मलाई जीवन्त बनाएको छ । नयाँ अनुहारहरूको प्रभावशाली प्रस्तुतिका साथै गम्भीर संवाद, मन छुने निर्देशन र सन्देशप्रद कथा समेटिएको यो फिल्म दर्शकलाई आत्ममूल्यांकन गर्न बाध्य बनाउँछ । हेर्नुस् फिल्म ।
प्राविधिक पक्षमा किरण श्रेष्ठ, सम्पादक सन्दीप श्रेष्ठ, छायाँकार निराजन सेंधाइ, साउन्ड डिजाइनर बिपिन स्थापित, रङ्ग संयोजक राजेन्द्र मोक्तान तथा पाश्र्व संगीतकार रोमन बज्राचार्यको योगदान उल्लेखनीय छ । नेपाल फिल्म क्याम्पस र म्युजिक नेपालको संयुक्त प्रस्तुति रहेको यो फिल्म ‘शर्ट फिल्म कम्पिटिसन’मा समेत छनोट भइसकेको छ । भावनात्मक गहिराइले भरिएको ‘खाली सिसी नयाँ कागज’ म्युजिक नेपाल इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत हेर्न सकिन्छ ।
@parikalanewsofficial















Discussion about this post