Saturday, April 25, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

पल शाह अझै ‘महाराजधिराज’प्रति सकारात्मक, के फिल्ममा उनको रि-इन्ट्री होला ?

फिल्म "महाराजधिराज"बाट पल शाह बाहिरिनुको कारणबारे निर्माण टिमको स्पष्टोक्ति: "सम्बन्धमा कटुता छैन"

✍ सुवास संकल्प
असार ६, २०८२ मा प्रकाशित
पल शाह अझै ‘महाराजधिराज’प्रति सकारात्मक, के फिल्ममा उनको रि-इन्ट्री होला ?

इटहरी/ लामो समयदेखि चर्चामा रहेको फिल्म ‘महाराजधिराज’ बाट अभिनेता पल शाह बाहिरिएपछि विभिन्न अड्कलबाजी भइरहेका बेला निर्माण टिमले अर्को एक धारणा सार्वजनीक गरेको छ । पल शाहले एक अन्तर्वार्तामा दिएको भिडियो क्लिप सहित फिल्मका निर्देशक परिक्षद सेन र निर्माता विराज विष्टले एकै प्रकृतिको लामो स्ट्याटस सामाजिक संजालमा पोष्ट्याएका छन् । टिमले अभिनेता शाहसँग कुनै पनि प्रकारको मनमुटाव नभएको र आपसी सहमतिमै उनी फिल्मबाट अलग भएको जनाएको छ ।

निर्माण टिमको भनिएको छ, “सुरुमा नै यो कुरा स्पष्ट पार्न चाहन्छौं: ‘महाराजधिराज’को कानुनी सम्झौता यस्तो थियो कि न त कलाकार (पल शाह ज्यु) ले चाहँदैमा यो फिल्म छाड्न सक्थे, न त हामीले हटाउन चाहादैमा हटाउन सक्थ्यौं। माघदेखि असोजसम्मको लागि सम्झौता गरिएको थियो। तर, शाह अभिनित अन्य चलचित्र “मायाको रङ्गहरु” र “मोहोर” को छायांकन तालिका लम्बिएका कारण “महाराजधिराज” को छायांकनमा स्वभाविक ढिलाइ भएको” टिमको भनाइ छ।

“पल शाह ज्यु ले माघसम्म ‘मायाको रङ्ग’ र त्यसपछि ‘मोहोर’ को छायांकन सकेर निर्धक्कसँग ‘महाराजधिराज’ मा जोडिने हाम्रो तालिका थियो,” स्ट्याटसमा उल्लेख छ, “तर उहाँको चलचित्र ‘मोहोर’को छायांकन वैशाखको पहिलो हप्तासम्म लम्बिँदा हाम्रो योजनामा ढिलाइ भयो । हामीले उहाँलाई एकैसाथ दुईवटा फिल्ममा व्यस्त रहँदा असहजता नहोस् भनेर दबाब दिन चाहेनौं ।”

पछि अभिनेता शाहले आफ्नै निर्माण कम्पनीबाट बन्न लागेको चलचित्र “यानिमाया”का लागि श्रावण महिना आवश्यक पर्ने जानकारी गराएपछि दुवै पक्षबीच सौहार्दपूर्ण छलफल भएको थियो । सोही छलफलपछि शाहलाई “महाराजधिराज” बाट अलग भएर आफ्नो नयाँ प्रोजेक्टमा काम गर्न दिने निर्णयमा पुगेको निर्माण पक्षले जनाएको छ । “यो पूर्णतः आपसी सहमति र बुझाइमा आधारित निर्णय थियो । ‘महाराजधिराज’ को टिम र पल शाहबीचको सम्बन्धमा कुनै कटुता छैन; बरु यो निर्णयले हाम्रो आत्मिक सम्बन्धलाई अझ प्रगाढ बनाएको छ,” टिमले भनेको छ ।

@parikalanewsofficial

निर्माण टिमले “महाराजधिराज”लाई केवल पैसा कमाउने माध्यम नभएर आफ्नो वर्षौंको अथक प्रयास, पसिना र सपनाको साकार रूप भएको बताएको छ। “यो चलचित्रमार्फत तपाईंले कहिलै नदेखेको, सोच्दै नसोचेको एउटा अर्को आँखाबाट संसार देख्न पाउनुहुनेछ भन्ने हाम्रो विश्वास छ । हामीले यसमा आफ्नो आत्मा नै खन्याएका छौं,” सो स्ट्याटसमा भनिएको छ । टिमले यस विषयलाई बंग्याएर कुनै पनि पक्षलाई नकारात्मक रूपमा प्रस्तुत नगरिदिन सञ्चारमाध्यम र दर्शकसँग आग्रह गरेको छ ।

सार्वजनीक एक अन्तर्वार्तामा भने अभिनेता पल शाहले यो फिल्मको बारेमा सकारात्मक प्रतिक्रिया जनाएका छन् । उनको कुरा गराई अनुसार उनलाई अझै यो फिल्ममा जोडिएर काम गर्न मन छ । सोही अनुरूप ले उनले अन्तर्वार्ताबाटै फिल्म छायांकन तिहारपछि सार्नुस म ढुक्कले समय दिन तयार छु भनेका छन् । यसरी हेर्दा के फेरि अभिनेता शाहको ‘महाराजधिराज’मा रि-इन्ट्री होला त ? भन्ने प्रश्न उब्जिएको छ । यसै प्रसंगमा महाराजधिराजका निर्माता विराज विष्ट सँग कुरा गर्दा भने उनले अब पल शाह यो फिल्ममा रि-इन्ट्री हुने सम्भावना नरहेको बताएका छन् । पल शाह बाहिरिए सँगै यो फिल्मको रिलिज मिति पनि अन्यौल भएको छ । यसअघि आगामी दशैँको फूलपातीमा रिलिज तय गरिएको थियो ।

अगाडिकाे पाेस्ट

फिल्म ‘आहुती’ पश्चात ‘आहुती-२’ को छायांकन सुरु, केही साताको अन्तरमा रिलिज गरिने

अर्काे पाेस्ट

विदेश मोहले एक्लिएको पुस्ताको पीडा बोकेको लघु फिल्म सार्वजनिक

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘रोल नम्बर १’को कोशी प्रदेशमा नेपाली फिल्मकै सबैभन्दा लामो र ऐतिहासिक प्रमोसन अभियान
कलिउड न्युज

‘रोल नम्बर १’को कोशी प्रदेशमा नेपाली फिल्मकै सबैभन्दा लामो र ऐतिहासिक प्रमोसन अभियान

✍ सुवास संकल्प
बैशाख १३, २०८३ मा प्रकाशित
0

...

बलिउडको यशराज स्टुडियोमा प्रियंकाको ‘मास्टरनी’को पोस्ट प्रोडक्सन हुँदै
कलिउड न्युज

बलिउडको यशराज स्टुडियोमा प्रियंकाको ‘मास्टरनी’को पोस्ट प्रोडक्सन हुँदै

✍ परिकला न्यूज
बैशाख १३, २०८३ मा प्रकाशित
0

...

कलिला काँधमा ‘फर्स्ट’ हुने भारी: शिक्षा प्रणालीको चिरफार गर्दै ‘रोल नं १’ को गीत सार्वजनिक

कलिला काँधमा ‘फर्स्ट’ हुने भारी: शिक्षा प्रणालीको चिरफार गर्दै ‘रोल नं १’ को गीत सार्वजनिक

बैशाख १२, २०८३ मा प्रकाशित
फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

बैशाख १२, २०८३ मा प्रकाशित
८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

बैशाख ११, २०८३ मा प्रकाशित
‘मै राम्री छु त नी’ भन्दै छमछमी नाचिन् लालीबजारकी स्वस्तिमा खड्का

‘मै राम्री छु त नी’ भन्दै छमछमी नाचिन् लालीबजारकी स्वस्तिमा खड्का

बैशाख ११, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘रोल नम्बर १’को कोशी प्रदेशमा नेपाली फिल्मकै सबैभन्दा लामो र ऐतिहासिक प्रमोसन अभियान

‘रोल नम्बर १’को कोशी प्रदेशमा नेपाली फिल्मकै सबैभन्दा लामो र ऐतिहासिक प्रमोसन अभियान

बैशाख १३, २०८३ मा प्रकाशित
बलिउडको यशराज स्टुडियोमा प्रियंकाको ‘मास्टरनी’को पोस्ट प्रोडक्सन हुँदै

बलिउडको यशराज स्टुडियोमा प्रियंकाको ‘मास्टरनी’को पोस्ट प्रोडक्सन हुँदै

बैशाख १३, २०८३ मा प्रकाशित
कलिला काँधमा ‘फर्स्ट’ हुने भारी: शिक्षा प्रणालीको चिरफार गर्दै ‘रोल नं १’ को गीत सार्वजनिक

कलिला काँधमा ‘फर्स्ट’ हुने भारी: शिक्षा प्रणालीको चिरफार गर्दै ‘रोल नं १’ को गीत सार्वजनिक

बैशाख १२, २०८३ मा प्रकाशित
फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

फिल्म ‘रोल नं १’ को टाइटल गीत गाएरै ‘प्लेब्याक सिंगर’ बन्ने अवसर

बैशाख १२, २०८३ मा प्रकाशित
८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

८ वर्षपछि रेखा थापाको निर्देशकीय पुनरागमन: ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा रिलिज हुने

बैशाख ११, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana