इटहरी/ नेपाली फिल्म क्षेत्रको चर्चित अनि पुरानो जोडी निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्का एक दशकपछि पुनः एउटै फ्रेममा फर्किँदैछन् । सुपरहिट फिल्म ‘प्रेमगीत’ मा सफल सहकार्य गरेका यी दुईले अब नयाँ फिल्म ‘शुभ विवाह’ मार्फत फेरि एकपटक सहकार्य गर्न लागेका हुन् ।
चलचित्र विकास बोर्डमा हालै दर्ता गरिएको यो फिल्मको निर्देशन तथा निर्माण सुदर्शन थापाले गर्नेछन् भने मुख्य भूमिका प्रदीप खड्काले निभाउनेछन् । थापाले खड्कासँग गएको वर्ष नै यो फिल्ममा अनुबन्ध गरिसकेका भए पनि फिल्मको नाम यसअघिसम्म गोप्य राखिएको थियो । थापाले ‘प्रेमगीत’ले नेपाली फिल्ममा नयाँ आयाम ल्याएको उल्लेख गर्दै प्रदीप खड्कालाई त्यस फिल्मको स्टारडममा पुगेका पात्रको रूपमा स्मरण गरेका छन् ।

प्रेमकथामा आधारित ‘शुभ विवाह’ ले नेपाली धर्म, संस्कृति र विवाह संस्कारलाई समेट्ने पारिवारिक कथानक बोकेको बताइएको छ । निर्देशक थापा प्रेम कथामा अब्बल मानिन्छन् भने प्रदीप ‘लभर ब्वाई’ छविका कारण दर्शकका प्रिय छन् । यही कारण यो जोडीप्रति दर्शकको थप अपेक्षा रहेको छ ।
फिल्मको मुख्य अभिनेत्रीको टुंगो अझै लाग्न बाँकी छ । छायांकन चाँडै सुरु गरिने तयारीमा रहेको फिल्मको बाँकी कलाकार तथा प्राविधिक टिम पनि छिट्टै सार्वजनिक गरिने जनाइएको छ ।
@parikalanewsofficial















Discussion about this post