Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

सेलेब्रेटीहरुले फिल्म ‘महाभोज’ हेरेर दिए सकारात्मक प्रतिक्रिया

✍ परिकला न्यूज
असार ३, २०८२ मा प्रकाशित
सेलेब्रेटीहरुले फिल्म ‘महाभोज’ हेरेर दिए सकारात्मक प्रतिक्रिया

ईटहरी/ सामाजिक यथार्थ र मानवीय संवेदनशीलताको गहिरो चित्रण गरिएको नेपाली फिल्म ‘महाभोज’ ले प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकको मन जित्न सफल भएको छ । शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आएको यो फिल्मलाई दर्शकहरूले अत्यधिक सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । हलबाट निस्कने दर्शकहरूको अनुहारमा सन्तुष्टि झल्किनुका साथै फिल्म हलमा गुञ्जिएको दृश्यले यसको प्रभाव दर्शाउँछ ।

सहकारी ठगीजस्ता विषयवस्तु उठाउँदै फिल्मले केवल मनोरञ्जन मात्र नभई सामाजिक शिक्षाको भुमिका पनि खेलेको दर्शकहरूको भनाइ छ । “फिल्मले मलाई भावुक पनि बनायो, आक्रोशित पनि,” एक दर्शकले बताए, “यसले हाम्रो समाजको यथार्थलाई यस्तो सशक्त ढङ्गमा देखाएको छ कि मैले फिल्म हेर्दा छेउछाउ बिर्सिएँ।” अर्का एक दर्शकले त यसलाई ‘शिक्षा र आन्दोलनको मेल’को रूपमा व्याख्या गरे ।

यसैबीच सोमबार साँझ काठमाडौंमा आयोजित विशेष शोमा नेपाली कला, साहित्य र सामाजिक क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति देखियो । हरिवंश आचार्य, सरोज खनाल, जितु नेपाल, आयुष्मान देशराज जोशी, परीक्षा लिम्बु, निर्देशक तुलसी घिमिरे, नवीन चौहान, प्रदीप भट्टराई, साहित्यकार अमर न्यौपाने, विवेक ओझा, विश्लेषक मुमाराम खनाल, समाजशास्त्री निर्मला ढकाल लगायतले ‘महाभोज’ हेरेर आफू प्रभावित भएको प्रतिक्रिया दिए ।

@parikalanewsofficial

साहित्यकार अमर न्यौपानेले फिल्मले कानुनी राज्यमाथि गहिरो प्रश्न उठाएको बताए । “२०८२ सालको गणतान्त्रिक व्यवस्थामा पुगे पनि सहकारी पीडितहरूलाई न्याय नपाउनु विडम्बना हो,” उनले भने, “कानुनले काम नगर्दा बल प्रयोग गर्नुपर्ने हो त भन्ने प्रश्न फिल्मले उठाएको छ।”

वरिष्ठ कलाकार हरिवंश आचार्यले भने, “जनताको पैसा कसरी अपचलन हुन्छ भन्ने कुरा फिल्मले खुलस्त देखाएको छ ।” सरोज खनालले थपे, “मान्छेलाई मर्न बाध्य बनाउने तिनै शक्तिहरू हुन्, जसलाई फिल्मले गहिरो सन्देशका साथ चित्रण गरेको छ ।” जितु नेपालले फिल्मको यथार्थपरकता र मनोरञ्जनात्मक पक्षको प्रशंसा गरे । परीक्षा लिम्बुले फिल्मले नेतृत्वको असर कसरी जनजीवनमा पर्छ भन्ने कुरालाई प्रभावकारी तरिकाले प्रस्तुत गरेको बताइन् । निर्देशक नवीन चौहानले निर्देशक दिनेश राउतको यो फिल्मलाई ‘आजसम्मकै उत्कृष्ट’ ठहर गरे ।

‘महाभोज’ दिनेश राउतको निर्देशन र विकास सुवेदीको लेखनमा तयार गरिएको हो । क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको यो फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपाने, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल, सुरक्षा पन्तजस्ता कलाकारहरूको सशक्त अभिनय देख्न पाइन्छ ।

अगाडिकाे पाेस्ट

‘गोबर गणेश’बाट फिल्म निर्देशनमा प्रवेश गर्दै बल्छी धुर्बे, हिरोनीमा पूजन घिमिरे ‘पुकु’

अर्काे पाेस्ट

दशैंको कुन मितिमा प्रदर्शन हुँदैछ ‘जारी २’ ? ३६ दिनमा सकियो छायांकन

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana