Monday, April 20, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

श्रेयसी भट्टराईले जितिन् ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको ताज

✍ सुवास संकल्प
असार १, २०८२ मा प्रकाशित
श्रेयसी भट्टराईले जितिन् ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको ताज

इटहरी/ एसईई दिएर बसेका किशोरीहरूको सौन्दर्य र प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले आयोजित ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको फाइनलबाट श्रेयसी भट्टराईले उपाधि हात पारेकी छन् । शनिबार इटहरीको लायन्स क्लबमा साँझ ६ बजेदेखि सुरु भएको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै उनी ‘मिस एसईई इटहरी’ बन्न सफल भइन् । उनले एसबी मेकअप स्टुडियोबाट मेकअप क्लासमा पूर्ण छात्रवृत्ति र सुष्मा गोदावरी कलेजबाट प्लस टू अध्ययनका लागि पूर्ण छात्रवृत्ति सहित अन्य उपहारहरु प्राप्त गरेकी छन् ।

त्यस्तै, अदिति गुरागाईं फर्स्ट रनरअप बन्न सफल भइन् भने पवित्रा कुँवर सेकेन्ड रनर अप भएकी छन् । उनीहरूले सुष्मा गोदावरी कलेजमा प्लस टू अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गरेकी छन् । अमीका घिमिरे थर्ड रनर अप बनिन् भने उनले पनि सुष्मा गोदावरी कलेजमा प्लस टू अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गरिन् । यस्तै ग्रान्ड फिनालेबाट रेनेशा प्रधानले पब्लिक च्वाइस अवार्ड जितिन् । उनले फुडसाला क्याफेको तर्फबाट १० हजार नगद, सुष्मा गोदावरी कलेजबाट प्लस टूमा ५० प्रतिशत छात्रवृत्ति र एसबी मेकअप स्टुडियोबाट मेकअप क्लासमा पूर्ण छात्रवृत्ति प्राप्त गरिन् ।

फाइनलबाट संस्कृति दाहाल अर्गनाइजर च्वाइस घोषित भइन् भने उनले एसबी मेकअप स्टुडियोबाट मेकअप क्लासमा पूर्ण छात्रवृत्ति तथा सुष्मा गोदावरी कलेजबाट प्लस टूमा पूर्ण छात्रवृत्ति जितिन् । ओपन स्पेस प्रालिको आयोजनामा सरोज श्रेष्ठद्वारा निर्देशित यो प्रतियोगिताको समापन समारोहमा उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङबाङ प्रमुख अतिथि थिए । सजिना श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा २६ जना प्रतिस्पर्धीले अन्तिम प्रतिस्पर्धा गरेका थिए ।

@parikalanewsofficial

ग्रान्ड फिनालेको निर्णायक मण्डलमा कोशी प्रदेश प्याब्सन अध्यक्ष सुमित थापा, उद्यमी एवं सञ्चारकर्मी बिजु श्रेष्ठ, शिक्षिका रेश्मा रायमाझी, अधिवक्ता अदव बान्तवा र प्रमुख निर्णायकको रूपमा मिस नेपाल २००५ सुगरिका केसी रहेका थिए । प्रतिष्पर्धीहरुलाई सब टाईटल पनि प्रदान गरिएको थियो ।

संस्कृति दाहालले ‘ब्युटी विथ पर्पस’, ‘मिस ट्यालेन्ट’ र ‘सोसल मिडिया’ को सब टाईटल जितिन् भने सुजना श्रेष्ठ ‘मिस पपुलर’ बनिन् । पवित्रा कुँवरले ‘मिस बेस्ट डान्सर’, रेश्मा विष्टले ‘मिस पर्सनालिटी’, श्रेयसी भट्टराईले ‘इन्टेलेक्चुअल’, युना राईले ‘बेस्ट वाक’, पुष्पाञ्जलि श्रेष्ठले ‘मिस डिसिप्लिन’, पेरिशा शंकरले ‘मिस फ्रेन्डशिप’, बेदिका भुजेलले ‘मिस फोटोजेनिक’, नुना अधिकारीले ‘मिस क्रिएटिभ’, बिनिशा सिग्देलले ‘मिस बेस्ट ट्रान्सफर्मेसन’ र अदिति गुरागाईंले ‘मिस कन्फिडेन्ट’को उपाधि जितिन् ।

शुभेक्षा कार्कीले प्रतिस्पर्धीहरूको कोरियोग्राफी गरेकी थिइन् भने फाइनल कार्यक्रम सञ्चालन पनि उनैले गरेकी थिइन् । कार्यक्रमलाई आकाश इन्स्टिच्युट र यार्सागुम्बाले सहयोग गरेका थिए भने मिडिया पार्टनर परीकला न्यूज रहेको थियो । एसबी मेकअप एण्ड नेल स्टुडियोले प्रतिस्पर्धीहरूको श्रृङ्गार गरेको थियो भने निश्चल ग्यालरीले फोटोग्राफी तथा भिडियोग्राफी गरेको थियो । निधि बुटिक ड्रेस डिजाइनर र वि प्रोडक्सन डिजाइनिङ पार्टनर थिए । इटहरी उपमहानगरपालिकाको संयोजनमा भएको यो कार्यक्रमको एजुकेशन पार्टनर सुष्मा गोदावरी कलेज थियो ।

अगाडिकाे पाेस्ट

‘बाटुलो जुन’मा अनमोलको नयाँ अवतार

अर्काे पाेस्ट

वैदेशिक रोजगारीको यथार्थ बोकेको फिल्म ‘रियाल रिङ्गेट’को टिजर सार्वजनीक

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा
कलिउड न्युज

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित
‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana