इटहरी/ नेपाली टेलिभिजन दर्शकमाझ सामाजिक कथावस्तुमा आधारित नयाँ टेलिसिरियल ‘वाचा बन्धन’ को पहिलो भाग औपचारिक रूपमा सार्वजनिक भएको छ। यस टेलिसिरियलको प्रसारण शनिबार साँझ ७ बजे ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सुरु गरिएको हो।लेखन र निर्देशनमा यज्ञजंग विक आयुष रहेका यस टेलिसिरियलमा कमल बुढाथोकी को प्रस्तुति, र कमल तथा दीपा बुढाथोकी को संयुक्त निर्माण रहेको छ। शिव विक ले छायांकन सम्हालेका छन् भने उमेश थापा मगर दृश्य सम्पादनमा र नेत्र विष्ट निर्माण नियन्त्रणमा संलग्न छन्।

‘वाचा बन्धन’मा दुई पुस्ताका चर्चित र नवप्रवेशी कलाकारहरूको बलियो संयोजन देख्न पाइन्छ। ‘सकम्बरी’ गीतमार्फत चर्चामा आएकी कुशुम शर्मा, ‘जुठे’ सिरियलकी लोकप्रिय अनुहार जुनकिरी, र प्रशान्त बुढाथोकी करण को अभिनय डेब्यु यस टेलिसिरियलको प्रमुख आकर्षणमध्ये पर्दछन्।साथै, सिरियलमा सरिता ढुङ्गाना, विशाल पहाडी, हेमराज घर्ती, रश्मि भट्ट, शुभाष गजुरेल, प्रिया रिजाल, प्रेमदेव गिरि, सविन वास्तोला, यादव गिरि, र आयुष बीसी लगायत २ दर्जनभन्दा बढी कलाकारको सशक्त अभिनय देख्न सकिन्छ।

गीत र संगीत पक्षमा आकाश मगर को संगीत संयोजन रहेको छ भने स्वर रामचन्द्र काफ्ले को रहेको छ। सम्पूर्ण पोस्ट-प्रोडक्सन मुभी प्वाइन्ट द्वारा सम्पन्न गरिएको छ।टेलिसिरियलको छायांकन ललितपुरको छम्पी र रुकुम पूर्वको लुगुम नरिबाङ लगायतका प्राकृतिक रूपमा सुन्दर स्थानहरूमा गरिएको छ, जसले दृश्य र परिवेशमा नयाँ अनुभूति दिने अपेक्षा गरिएको छ।
@parikalanewsofficial













Discussion about this post