इटहरी/ एस एन्ड एस प्रोडक्सनको प्रस्तुति रहने नयाँ नेपाली फिल्म ‘किन लाग्छ माया’ को निर्माण घोषणा गरिएको छ। फिल्म निर्माता मोनु खड्काको निर्माण र निर्देशक कुवेर तामाङको निर्देशनमा तयार हुन लागेको यो परियोजना असारको पहिलो साताबाट औपचारिक रूपमा छायांकनमा प्रवेश गर्ने तयारीमा छ।यस फिल्ममा पारिवारिक सम्बन्ध, दाजु भाइबीचको भावनात्मक तानातान, सामाजिक उत्तरदायित्व र आपसी त्यागजस्ता विषयवस्तु केन्द्रमा रहने निर्माण पक्षले जनाएको छ।
फिल्ममा मेघ सुवेदी मुख्य भूमिकामा अनुबन्धित भएका छन्, जसले यसअघि दर्जनौं म्युजिक भिडियोमा अभिनय गरी दर्शकबीच लोकप्रियता कमाइसकेका छन्। त्यस्तै, पर्दामा देखिने कलाकारहरूमध्ये सन्जीत भण्डारी, रिचा थापा, जानबी बस्नेत ,धिरेन शाक्य, मिस पबीका नामले परिचित पवित्रा साकी, राजेन्द्र खड्की, हिउवाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, र विनोद ढकाल लगायतका कलाकारहरु रहेका छन्।

‘किन लाग्छ माया’ को कथा स्याडो रियरले लेखेका हुन् भने पटकथा तथा संवाद रामकाजी घिमिरेले तयार गरेका छन्। छायांकनको जिम्मेवारी चर्चित डिओपी रामशरण उप्रेतीले सम्हाल्नेछन्। फिल्मको संगीत पुष्कर सुनुवारले तयार पार्ने भएका छन् भने रामजी लामिछाने र अभि वाग्लेको कोरियोग्राफी रहनेछ। एक्सन निर्देशन राजेन्द्र खड्गीको हुनेछ। निर्माण नियन्त्रकको रूपमा अर्जुन प्रसाद पोखरेल रहनेछन्। फिल्मका मुख्य सहायक निर्देशक रामशरण कोइराला हुन् भने सहायक निर्देशकको रूपमा दिप्त प्रकाश अधिकारी र सुवास गोतामे कार्यरत रहनेछन्
फिल्मको छायांकन काठमाडौं, पोखरा, चितवन, पूर्वी नवलपरासी, र मुस्ताङलगायत स्थानहरूमा हुनेछ। फिल्मले हिमाली, पहाडी र तराई भेगको सांस्कृतिक विविधतालाई समेट्दै कथा प्रस्तुत गर्ने लक्ष्य राखेको छ।‘किन लाग्छ माया’ले पारिवारिक सम्बन्धमा आधारित भावनात्मक कथा प्रस्तुत गर्दै सामाजिक यथार्थलाई सशक्त रूपमा उजागर गर्ने प्रयास गर्नेछ। नेपाली समाजमा दाजुभाइ, परिवार र कर्तव्य बीचको संघर्ष र माया केन्द्रमा राखेर फिल्म निर्माण गरिँदैछ।
@parikalanewsofficial














Discussion about this post