Thursday, July 10, 2025
परिकलान्यूज
Advertisement
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

पल शाह बाहिरिएपछि अब ‘महाराजधिराज’को रिलिज सर्ने ? यसो भन्छन् निर्माता

✍ परिकला न्यूज
जेष्ठ ३१, २०८२ मा प्रकाशित
पल शाह बाहिरिएपछि अब ‘महाराजधिराज’को रिलिज सर्ने ? यसो भन्छन् निर्माता

इटहरी/ चर्चित अभिनेता पल शाहले प्रतिक्षित फिल्म ‘महाराजधिराज’बाट हात झिकेपछि सो फिल्मको प्रदर्शन मितिलाई लिएर अनिश्चितता बढेको छ । निर्माण टिमले शाहसँगको सम्झौता अन्त्य भएको आधिकारिक रूपमा घोषणा गरेसँगै यस विषयले फिल्म वृत्तमा तरङ्ग पैदा गरेको छ । फिल्मका निर्माता विराज विष्टले सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्ट्याटस लेख्दै पल शाहसँगको सहकार्य समय अभावका कारण टुङ्गिएको स्पष्ट पारेका छन् ।

उनले “प्रिय दर्शक बृन्द तथा विशेष त: पल शाह ज्युका फ्यानहरू मा नमस्कार !!! हामीलाई थाहा छ, ‘महाराजधिराज’ फिल्ममा पल शाहसँगको हाम्रो सम्झौता भङ्ग भएको खबरले तपाईँहरूलाई पक्कै पनि नरमाइलो लागेको छ,” स्ट्याटसमा भनेका छन्, “हामी तपाईँहरूलाई यति जानकारी गराउन चाहन्छौँ कि यो सम्झौताको अन्त्य केवल समयको कमीले भएको हो । यसमा कुनै पनि मनमुटाव वा नराम्रो भावना छैन ।”
निर्माता विष्टले पल शाहको व्यावसायिकता र कलाको सम्मान गर्ने बताउँदै उनको उज्ज्वल भविष्यको कामना गरेका छन् ।

यता अभिनेता पल शाहले भने आफ्नै ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘यानिमाया’लाई समय दिनुपर्ने भएकाले ‘महाराजधिराज’बाट बाहिरिएको बताएका छन् । यो फिल्म महाराजधिराजको हालसम्म छायांकन समेत सुरु भइसकेको छैन । ‘यानीमाया’ र ‘महाराजधिराज’को छायांकन सेड्युल जुधेको कारण महाराजधिराज छोड्नुपरेको अभिनेता शाहको भनाइ छ । निर्माता विष्टले परीकला न्युजसँगको कुराकानीमा अब फिल्मको तोकिएको मिति, अर्थात् दशैँको फूलपातीबाट सर्न सक्ने सम्भावना औँल्याएका छन् । उनले भने, “अब अर्को कलाकारलाई स्क्रिप्ट दिनुपर्ने र फाइनल गर्नुपर्दा समय लम्बिने हुँदा रिलिज सर्न सक्नेछ । यदि चाँडै नै अर्को कलाकार अनुबन्ध भएमा हामी सोही मितिमा ‘महाराजधिराज’लाई रिलिज गर्ने गर्नेछौँ।”

@parikalanewsofficial

‘महाराजधिराज’मा पल शाहको ठाउँमा कुन कलाकारको प्रवेश हुने छ भन्ने विषयमा निर्माण टिमले हालसम्म कुनै घोषणा गरेको छैन । फिल्मवृत्तमा भने यो चासोको विषय बनेको छ । यद्यपि, फिल्ममा अन्य चर्चित कलाकारहरूको भने बाक्लो उपस्थिति रहेको छ । आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, वर्षा राउत, वर्षा शिवाकोटी, उषा रजक, जय किशन बस्नेत, गजित विष्ट र आशा पौडेल जस्ता कलाकारहरू यस फिल्ममा अनुबन्धित भइसकेका छन् । परिच्छेद सेनको लेखन तथा निर्देशनमा बन्न लागेको ‘महाराजधिराज’लाई एक भव्य र फरक स्वादको फिल्मको रूपमा प्रचार गरिएको छ ।

अगाडिकाे पाेस्ट

‘मिस एसईई इटहरी’को फिनाले भोलि: मुख्य आकर्षक सुगरीका केसी, २६ जनामा कस्ले मार्ला बाजी ?

अर्काे पाेस्ट

‘ऊनको स्वीटर’ को लहर, बक्स अफिस र संगीत दुवैमा उत्सव

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘भाइटीका’मा विपिन र रेखा पहिलोपटक दाजु-बहिनीको भूमिकामा, धिरजको पनि प्रवेश ?
कलिउड न्युज

‘भाइटीका’मा विपिन र रेखा पहिलोपटक दाजु-बहिनीको भूमिकामा, धिरजको पनि प्रवेश ?

✍ परिकला न्यूज
असार २७, २०८२ मा प्रकाशित
0

...

‘यो मन त मेरो नेपाली हो’को भव्य प्रिमियर, यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदै
कलिउड न्युज

‘यो मन त मेरो नेपाली हो’को भव्य प्रिमियर, यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदै

✍ परिकला न्यूज
असार २६, २०८२ मा प्रकाशित
0

...

‘तक्मे बुढा’को ‘मैझारो’मा मीरुना मगर, पुनः मिरुना र धीरज एकसाथ देखिँदै

‘तक्मे बुढा’को ‘मैझारो’मा मीरुना मगर, पुनः मिरुना र धीरज एकसाथ देखिँदै

असार २६, २०८२ मा प्रकाशित
दुर्गेश, सिसन, गुराँस नानी र गेरो फिचर्ड ‘जाने भए जाम माया’ रिलिज, १ घण्टामै ट्रेण्डिङ प्रवेश

दुर्गेश, सिसन, गुराँस नानी र गेरो फिचर्ड ‘जाने भए जाम माया’ रिलिज, १ घण्टामै ट्रेण्डिङ प्रवेश

असार २६, २०८२ मा प्रकाशित
‘जनै हराएको मान्छे’को गीत छायांकनमा भावनामा बग्दा गायक थानेश्वर बेहोस

‘जनै हराएको मान्छे’को गीत छायांकनमा भावनामा बग्दा गायक थानेश्वर बेहोस

असार २५, २०८२ मा प्रकाशित
ऋचा शर्मा ‘जदौ’ मा अनुबन्धित: फिल्मको कलाकार सूची बलियो बन्दै

ऋचा शर्मा ‘जदौ’ मा अनुबन्धित: फिल्मको कलाकार सूची बलियो बन्दै

असार २५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘भाइटीका’मा विपिन र रेखा पहिलोपटक दाजु-बहिनीको भूमिकामा, धिरजको पनि प्रवेश ?

‘भाइटीका’मा विपिन र रेखा पहिलोपटक दाजु-बहिनीको भूमिकामा, धिरजको पनि प्रवेश ?

असार २७, २०८२ मा प्रकाशित
‘यो मन त मेरो नेपाली हो’को भव्य प्रिमियर, यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदै

‘यो मन त मेरो नेपाली हो’को भव्य प्रिमियर, यही शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदै

असार २६, २०८२ मा प्रकाशित
‘तक्मे बुढा’को ‘मैझारो’मा मीरुना मगर, पुनः मिरुना र धीरज एकसाथ देखिँदै

‘तक्मे बुढा’को ‘मैझारो’मा मीरुना मगर, पुनः मिरुना र धीरज एकसाथ देखिँदै

असार २६, २०८२ मा प्रकाशित
दुर्गेश, सिसन, गुराँस नानी र गेरो फिचर्ड ‘जाने भए जाम माया’ रिलिज, १ घण्टामै ट्रेण्डिङ प्रवेश

दुर्गेश, सिसन, गुराँस नानी र गेरो फिचर्ड ‘जाने भए जाम माया’ रिलिज, १ घण्टामै ट्रेण्डिङ प्रवेश

असार २६, २०८२ मा प्रकाशित
‘जनै हराएको मान्छे’को गीत छायांकनमा भावनामा बग्दा गायक थानेश्वर बेहोस

‘जनै हराएको मान्छे’को गीत छायांकनमा भावनामा बग्दा गायक थानेश्वर बेहोस

असार २५, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana