Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘परालको आगो’का लागि बाल कलाकारको खोजी सुरु

✍ परिकला न्यूज
जेष्ठ २८, २०८२ मा प्रकाशित
फिल्म ‘परालको आगो’का लागि बाल कलाकारको खोजी सुरु

इटहरी/ गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’मा आधारित रहेर निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘परालको आगो’का लागि निर्माण टिमले बाल कलाकारको खोजी सुरु गरेको छ । जितु नेपाल, प्रकाश सपुत र सुहाना थापा जस्ता चर्चित कलाकारहरुको अभिनय रहने यस फिल्मका लागि ७ देखि ८ वर्ष उमेर समूहकी एक बालिकाको आवश्यकता रहेको निर्माण पक्षले जनाएको छ ।

हरिओम सिने मेकर्सको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मलाई लिएर दर्शकमाझ अहिलेदेखि नै चासो बढ्न थालेको छ । यसअघि यो फिल्म आगामी दशैंको फूलपातीमा प्रदर्शन मिति तय गरेर पनि चर्चामा रहेको थियो । तर, अहिले सो मितिमा यो फिल्म प्रदर्शन नहुने भएको छ । निर्माता सुशील पोखरेलका अनुसार फिल्मको कथावस्तुले एक महत्वपूर्ण बाल पात्रको माग गरेकाले अभिनयमा अब्बल र प्रभावशाली क्षमता भएकी बालिकाको खोजी थालिएको हो ।

निर्माण टिमले इच्छुक अभिभावक तथा बालिकाहरुलाई अभिनय गरेको भिडियो क्लिप पठाएर अडिसन प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ । प्राप्त भिडियोहरुको प्रारम्भिक मूल्यांकनपछि अन्तिम छनोट अडिसनमार्फत नै गरिने निर्माण पक्षले जनाएको छ । लक्ष्मण सुनारले निर्देशन गर्ने यो फिल्म मैनालीको ‘नासो’ कथा संग्रहमा संग्रहित ‘परालको आगो’ कथामा आधारित छ । यस कथामा मुख्य पात्र चामे र गौंथलीको सम्बन्धको उतारचढावलाई देखाइएको छ ।

@parikalanewsofficial

फिल्ममा गौंथलीको भूमिकामा सुहाना थापा देखिने छिन् भने जितु नेपाल र प्रकाश सपुत मध्ये ‘चामे’को चरित्रमा को देखिने हुन भन्ने खुलाईएको छैन । ४८ वर्षअघि बनेको ‘परालको आगो’ नामक फिल्मको कालजयी गीत ‘उडी जाऊँ भने म पन्छी होइन’ लाई पनि यो नयाँ फिल्ममा पुनः प्रयोग गरिने भएको छ । यसका लागि मूल संगीतकार शान्ति ठटालबाट औपचारिक रुपमा अनुमति लिइसकेको निर्माता पोखरेलले जानकारी दिए । २०८२ सालमा प्रदर्शन गर्ने लक्ष्य राखिएको ‘परालको आगो’को छायांकन छिट्टै सुरु हुने बताइएको छ । यतिबेला यो फिल्मका निर्माण टीम फिल्म छायांकनको लागि लोकेशन हन्टिङमा निस्किएको छ ।

अगाडिकाे पाेस्ट

‘राम नाम सत्य’मा सुपुष्पा भट्ट अनुबन्धित

अर्काे पाेस्ट

‘अञ्जिला’ ले पार गर्‍यो ९१ दिन, क्युएफएक्स सिनेमाले सहुलियतमा देखाउने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ
कलिउड न्युज

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा
कलिउड न्युज

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana