इटहरी/ लोकप्रिय गायिका रचना रिमालको स्वास्थ्य अवस्था अहिले बिस्तारै सुधारोन्मुख अवस्थामा रहेको छ । सानो आन्द्रा सुन्निने र पेटमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी रिमाल हाल काठमाडौंस्थित ह्याम्स अस्पतालको क्याबिनमा उपचाररत छन् । चिकित्सकको निगरानीमा राखेर उनलाई यतिबेला आवश्यक उपचार भइरहेको बताईएको छ ।
गायिका रिमाल रुकुम पश्चिमको सानिबेरी गाउँपालिका–३, बेलटापुमा सञ्चालन भएको महोत्सवमा प्रस्तुति दिन गएकी थिइन् । कार्यक्रममा सहभागी हुनुअघि अचानक पेट दुखेपछि उनलाई तत्काल नेपालगन्ज हुँदै काठमाडौं ल्याइएको थियो ।

सुरुमा उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत नेपालगन्ज ल्याइयो, त्यसपछि थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी रचना रिमालको उपचारप्रति दर्शक तथा प्रशंसकहरू गम्भीर चासो व्यक्त गरिरहेका छन् । सामाजिक सञ्जालमा उनलाई चाँडै स्वस्थ हुने कामना गर्दै शुभेच्छा व्यक्त गरिरहेका छन् ।

@parikalanewsofficial

















Discussion about this post