Tuesday, April 14, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

तीन फिल्ममा एक सौगातको अनेक चरित्र

✍ सुवास संकल्प
जेष्ठ २८, २०८२ मा प्रकाशित
तीन फिल्ममा एक सौगातको अनेक चरित्र

इटहरी/ अभिनेता सौगात मल्ल, जो नेपाली फिल्म छेत्रको एक बहुमुखी प्रतिभाका धनी मानिन्छन्, हालै उनी तीन प्रतीक्षित फिल्म ‘बलिदान’, ‘सिटामोल’ र ‘कल्ली’का फरक-फरक लुक्सका कारण चर्चाको शिखरमा छन् । यी तीनवटै लुक्सले सौगातको अभिनय क्षमता र चरित्रमा ढल्ने उनको अद्भुत कलालाई प्रमाणित गरेका छन् । सार्वजानिक उनको हरेक अवतारले दर्शकमाझ ठूलो उत्सुकता जगाएको छ ।

उनले हालसम्म अभिनय गरेका हरेक फिल्ममा आफ्नो चरित्रलाई न्याय दिने गरेका छन् । उनी चरित्रमा गहिरिएर डुब्न सक्ने क्षमता राख्छन्, जसले गर्दा उनले खेलेका पात्रहरू जीवन्त लाग्छन् । चाहे त्यो खलनायकको भूमिका होस् वा हास्य चरित्रको, सौगातले हरेक पटक आफूलाई नयाँ तरिकाले प्रस्तुत गरेका छन् । फिल्म ‘बलिदान’ दशैँको फूलपातीमा सार्वजनिक हुँदै छ । यस फिल्ममा सौगातको लुक्स गम्भीर र शक्तिशाली देखिन्छ ।

उनको अनुहारको दृढता र आँखाको भावले फिल्म देशप्रेम वा कुनै महत्त्वपूर्ण उद्देश्यमा केन्द्रित हुन सक्ने सङ्केत दिन्छ । यस्तै उनको अर्को फिल्म ‘सिटामोल’ साउन २३ गते रिलिजको तयारीमा छ । यो फिल्म टिमले पनि उनको क्यारेक्टर लुक्स सार्वजनीक गरेको छ । ‘सिटामोल’मा सौगातको लुक्स केही फरक प्रकृतिको छ । यो लुक्सले फिल्म सामाजिक यथार्थतामा आधारित हुन सक्ने अनुमान लगाउन सकिन्छ । अपाङ्गता भएका उनले बैशाखी टेक्दै गरेको पीडादायी चरित्रमा उनी देखिएका छन् ।

यता उनको अर्को फिल्म ‘कल्ली’ फागुन १ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । ‘कल्ली’ मा सौगातको लुक्स रहस्यमय र पूर्णत भिन्न छ । यसले फिल्मको कथावस्तुमा गहिरो र अप्रत्याशित मोडहरू हुन सक्ने सङ्केत गर्छ । जटिल र रहस्यमय पात्रहरूलाई जीवन्त बनाउन माहिर सौगातले यो लुक्समार्फत दर्शकलाई पात्रको मनोविज्ञानभित्र प्रवेश गराउनेछन् । एक पोष्टरमा उनी विद्रोही स्वभाव सहित आक्रमणमा उत्रिएको देखिन्छ ।

सौगात मल्लका यी तीनवटै लुक्स आ-आफ्नो ठाउँमा शक्तिशाली छन् । हरेक लुक्सले एउटा फरक कथा बोकेको छ र सौगातको अभिनय यात्राको अर्को पाटोलाई प्रस्तुत गरेको छ । ‘बलिदान’को आक्रोश, ‘सिटामोल’को सामाजिक पीडा र ‘कल्ली’को विद्रोही र रहस्यमयताले सौगातलाई भर्सटायल अभिनेतामा फेरि एकपटक प्रमाणित गरेको छ । दर्शकहरूले कुन लुक्सलाई सबैभन्दा बढी मन पराउँछन्, त्यो त फिल्म प्रदर्शनमा आएपछि नै थाहा हुनेछ । तर उनका यी तीन फरक अवतारले उनको क्रेजलाई अझ बढाउनेछन् ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

फिल्म ‘मिरमिरे’मा प्रकाश सपुत, पहिलोपटक दया र सपूत एकसाथ फिल्ममा देखिँदै

अर्काे पाेस्ट

कृषा चौलागाईंको फिल्म ‘जहाजैमा’, जापानी अभिनेत्री रजेल इचिमिया मुख्य भूमिकामा

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा
कलिउड न्युज

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का
कलिउड न्युज

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित
‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

चैत्र ३०, २०८२ मा प्रकाशित
दया र सौगातको आँखा एउटै युवतीमाथि, झगडा मिलाउन गाउँलेले लगाइदिए ‘मित’

दया र सौगातको आँखा एउटै युवतीमाथि, झगडा मिलाउन गाउँलेले लगाइदिए ‘मित’

चैत्र २९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित
‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

चैत्र ३०, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana