Tuesday, April 14, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘रातो पासपोर्ट’ घोषणा, प्रवासी जीवनको यथार्थ पर्दामा

✍ परिकला न्यूज
जेष्ठ २६, २०८२ मा प्रकाशित
फिल्म ‘रातो पासपोर्ट’ घोषणा, प्रवासी जीवनको यथार्थ पर्दामा

इटहरी/ नेपाली फिल्म उद्योगमा अर्को महत्त्वाकांक्षी परियोजनाको घोषणा भएको छ ‘रातो पासपोर्ट’। युरोपेली मुलुकहरूमा स्थायीत्वको खोजीमा पुगेका नेपालीहरूको जीवन, संघर्ष र सपनाको अन्तरवस्तुमा आधारित यो फिल्मले प्रवासी नेपाली समुदायको यथार्थलाई पर्दामा उतार्ने उद्देश्य लिएको छ।

सिबर्ड्स पिक्चर्स र होप्स बजको संयुक्त प्रस्तुति तथा ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा निर्माण हुन लागेको फिल्मको निर्देशन सिमसोन तामाङले गर्नेछन्। लामो समयदेखि नेपाली फिल्म उद्योगमा एक्सन निर्देशक र सहायक निर्देशकको रूपमा क्रियाशील रहेका तामाङले यस फिल्म मार्फत निर्देशनको नयाँ पाटोमा पाइला टेक्दैछन्।फिल्मको कथा माइकल तामाङले लेखेका हुन् भने पटकथा तथा संवादको जिम्मेवारी प्रदीप कुमार चौधरीले सम्हालेका छन्।

आधिकारिक घोषणा भन्दा केही दिनअघि निर्माण पक्षले सामाजिक सञ्जालमार्फत एक सन्देश सार्वजनिक गर्दै भनेका थिए “सबै भन्छन्, त्यता गएपछि सेटल भइन्छ रे। परिवारको भविष्य सुरक्षित हुन्छ रे। रातो पासपोर्ट पाइन्छ रे…!” सो सन्देशले फिल्मको भावभूमिमा रहेका सामाजिक र भावनात्मक पक्षहरूतर्फ ध्यानाकर्षण गराएको थियो।फिल्मको औपचारिक घोषणा भने आइतबार गरिएको हो, जहाँ सार्वजनिक गरिएको पोस्टरले पोर्चुगलको पासपोर्टको कभर पृष्ठलाई प्रेरणाको स्रोत बनाएको छ।

निर्माण टोलीमा लोक बहादुर तामाङ निर्माता तथा प्रवेश पौडेल कार्यकारी निर्माता रहेका छन्। पौडेल यसअघि ‘अमेरिका ब्वाइज’ र ‘बिहे पास’ जस्ता फिल्मको निर्देशन गरिसकेका छन्, र यसपटक निर्माता भूमिकामा आबद्ध भएका छन्।प्राविधिक पक्षमा फिल्मको लागि अनुभवी टिम परिचालित गरिएको छ। छायांकन रवीन्द्र न्यौपानेले सम्हाल्नेछन् भने संगीत संयोजनमा जयन जे. वाइबा संलग्न हुनेछन्। मेकअप र एसएफएक्स डिजाइन अमृत मरहट्ठाले गर्नेछन्। प्रचारप्रसार सामग्रीको निर्माण ट्राइडेन्ट कन्सेप्ट अन्तर्गत रोयल भीमसेनको नेतृत्वमा गरिनेछ।निर्देशक तामाङले यसअघि ‘लभ सब’, ‘ब्ल्याक फ्ल्याग’,‘ऐश्वर्य’, ‘राधे’, ‘रुद्र’, ‘पिँजडा ब्याक अगेन’ लगायतका फिल्ममा प्रमुख सहायक एक्सन निर्देशकको रूपमा योगदान पुर्‍याइसकेका छन्। साथै, ‘धन्य माया जाल’, ‘असुर: द मिस्ट्री’ हिन्दी तथा ‘लप्पन छप्पन २’ मा एक्सन निर्देशकको रूपमा कार्य गरेका छन्।

कलाकार छनोट प्रक्रिया चाँडै सुरु हुने निर्माण पक्षले जनाएको छ। नेपालमा हुने अडिसनका साथै युरोप र युकेमा रहेका कलाकारहरूलाई समेत छनोट गर्न अन्तर्राष्ट्रिय अडिसनको व्यवस्था गरिने योजना कार्यकारी निर्माता पौडेलले खुलाएका छन्।फिल्मको छायाङ्कन पोर्चुगल, युरोपका अन्य केही मुलुक तथा नेपालमा हुने तय भएको छ।‘रातो पासपोर्ट’ केवल प्रवासको सपनाको कथा होइन, त्यो सपना पछाडि लुकेका यथार्थ, संघर्ष र मूल्यहरूको प्रतिबिम्ब पनि हो जसले दर्शकलाई भावनात्मक र सामाजिक दृष्टिले झकझक्याउने अपेक्षा गरिएको छ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक

अर्काे पाेस्ट

फिल्म ‘कल्ली’ को पोस्टर सार्वजनिक,फागुन १ बाट प्रदशनमा आउदै

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा
कलिउड न्युज

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का
कलिउड न्युज

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित
‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

चैत्र ३०, २०८२ मा प्रकाशित
दया र सौगातको आँखा एउटै युवतीमाथि, झगडा मिलाउन गाउँलेले लगाइदिए ‘मित’

दया र सौगातको आँखा एउटै युवतीमाथि, झगडा मिलाउन गाउँलेले लगाइदिए ‘मित’

चैत्र २९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

दौरा-सुरुवाल र जुँगामा देखिइन् पूजा शर्मा: नयाँ वर्षमा विजय बरालसँग ‘रत्यौली’ खेल्ने घोषणा

बैशाख २, २०८३ मा प्रकाशित
दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

दयाहाङ अभिनित ‘पेन्सन पट्टा’ तीजमा आउने पक्का

बैशाख २, २०८३ मा प्रकाशित
‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

‘पाँच पाण्डव’बाट बले निकालिएपछि उनको ठाउँमा सुशील सिटौलाको इन्ट्री

चैत्र ३०, २०८२ मा प्रकाशित
भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

भोलिदेखि रिलिज हुने ‘पहाड’को बुकिङ खुल्यो, प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

चैत्र ३०, २०८२ मा प्रकाशित
‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

‘कुमकुम भाग्य’की क्रिएटिभ डिरेक्टर पञ्चमी अब ‘पहाड’मार्फत नेपाली फिल्मको अभिनेत्रीमा डेब्यु गर्दै

चैत्र ३०, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana