इटहरी/ नेपाली फिल्म क्षेत्रमा सधैँ चर्चाको शिखरमा रहने दुई नाम, अनमोल केसी र पल शाह। उनीहरूको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी चलिरहन्छन्। प्राय प्रदीप खड्का र पल शाहबीचको मित्रता जस्तो सुमधुर सम्बन्ध अनमोल र पलबीच नभएको चर्चा हुने गर्छ।
तर, हालै सार्वजनिक भएको एउटा तस्बिरले यी सबै अनुमानहरूलाई खारेज गरिदिएको छ। अनमोल र पल सँगै देखिएको तस्बिर बाहिरिएपछि उनीहरूको सम्बन्ध सोचेजस्तो खराब नरहेको स्पष्ट भएको छ। दुवै जना हाल कतारमा छन् र त्यहाँ आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेका थिए। यसक्रममा उनीहरू सँगैको एउटा भिडियो पनि बाहिरिएको छ।
यसले उनीहरूबीचको सौहार्दपूर्ण सम्बन्धलाई पुष्टि गर्छ। नेपाली फिल्म क्षेत्रमा अनमोल र पल दुवैको फ्यान क्रेज धेरै छ, र अब उनीहरूबीचको सम्बन्धलाई लिएर उठेका प्रश्नहरूमा पूर्णविराम लागेको छ।
@parikalanewsofficial
Discussion about this post