Saturday, March 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘रियाल रिङ्गेट’ साउन १६ गतेदेखि प्रदर्शनमा

✍ परिकला न्यूज
जेष्ठ २४, २०८२ मा प्रकाशित
‘रियाल रिङ्गेट’ साउन १६ गतेदेखि प्रदर्शनमा

इटहरी/ वैदेशिक रोजगारीमा रहेका नेपाली युवाहरूको पीडा, आशा र कठोर यथार्थलाई चित्रण गर्ने फिल्म ‘रियाल रिङ्गेट’ आगामी साउन १६ गते बाट देशभर प्रदर्शनमा आउने भएको छ। रेबेल फिल्म्सले हालै फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति औपचारिक रूपमा घोषणा गरेको छ।

अनुभवी म्युजिक भिडियो निर्देशक विभोर पोखरेलले यस फिल्मको निर्देशनको जिम्मेवारी सम्हालेका छन्। लामो समयदेखि संगीत तथा कला क्षेत्रमा सक्रिय गगनलाल प्रधानले फिल्म निर्माण गरेका छन्। नेपाली समाजका संवेदनशील पक्षहरूलाई कलात्मक ढंगले प्रस्तुत गर्न खप्पिस प्रदीप भारद्वाजले फिल्मको कथा तथा पटकथा लेखन गरेका हुन्।

फिल्मको नाम ‘रियाल रिङ्गेट’ आफैँमा प्रतीकात्मक छ। कतार र साउदी अरेबियाको मुद्रा ‘रियाल’ तथा मलेसियाको ‘रिङ्गेट’ को संयोजनबाट राखिएको यो नामले नै नेपाली युवाहरूको विदेश पलायनको वृत्तान्तलाई स्पष्ट संकेत गर्छ।सार्वजनिक पोस्टरले फिल्मको गम्भीर कथावस्तुलाई सशक्त रूपमा प्रतिबिम्बित गर्छ। पोस्टरको माथिल्लो भागमा एक महिला पात्रको अनुहारमा पसारिएको पीडा र भाकल देखाइएको छ, जसले स्वदेशमा पर्खिरहेका परिवारजनको अवस्थालाई चित्रण गर्छ।पोस्टरको बीच भागमा विभिन्न पृष्ठभूमिका पात्रहरूलाई समावेश गरिएको छ, जसले जीवनको संघर्ष बोकेर परदेशिएका हजारौँ नेपाली युवाहरूको प्रतिनिधित्व गर्छन्। पोस्टरमा उल्लिखित कवि नाथन रायनको मार्मिक कविता “जब त्रिभुवन विमानस्थलबाट जहाज उड्यो, जहाजसँगै सपना र जिन्दगी उड्यो” ले परदेशी यात्राको बिछोड र अपूरा सपनाहरूलाई एकै वाक्यमा समेटेको छ।

पोस्टरको पृष्ठभूमिमा देखिने खाडी देशका आधुनिक गगनचुम्बी भवनहरूले मलेसिया, कतार, यूएई लगायतका मुलुकहरूतर्फ संकेत गर्छन्। यी ती स्थानहरू हुन् जहाँ हजारौँ नेपाली युवा ‘रियाल’ वा ‘रिङ्गेट’ कमाउने आशामा पुगेका छन्, तर अक्सर तिनै सपनाभित्र शोषण, परायापन र कहिलेकाहीँ मृत्युको कठोर यथार्थ दबिएका हुन्छन्।

फिल्ममा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, बिमला गिरीलगायतका कलाकारहरूको अभिनय रहेको छ। प्राविधिक पक्षमा रोशन श्रेष्ठले द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको पृष्ठभूमि संगीत र राजीव समरको कोरियोग्राफी गरेका छन्।संगीततर्फ रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको संगीत रहेको छ, जसमा सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको स्वर सुन्न सकिन्छ। गीतका शब्दहरू अमर न्यौपाने, प्रदीप भारद्वाज र चन्दन ध्वज केसीले लेखेका हुन्।

फिल्मको छायाङ्कन भारतको राजस्थानसहित नेपालका चितवन, काठमाडौं र लेटाङ क्षेत्रमा गरिएको छ। फिल्मको वितरणको जिम्मा काफिया फिल्म्सले लिएको छ।’रियाल रिङ्गेट’ नेपाली समाजको एक महत्वपूर्ण र संवेदनशील विषयलाई पर्दामा उतार्ने सशक्त प्रयासका रूपमा हेरिएको छ। यो फिल्मले दर्शकहरूलाई कत्तिको प्रभाव पार्ला भन्ने हेर्न बाँकी छ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

फिल्म ‘मोहर’मा अभिनेता पल शाहको दोहोरो अवतार

अर्काे पाेस्ट

हलिउड फिल्म ‘तेन्जिङ’ मा अभिनेत्री थिन्ले ल्हामो मुख्य भूमिकामा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज
कलिउड न्युज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

✍ परिकला न्यूज
चैत्र ७, २०८२ मा प्रकाशित
0

...

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक
कलिउड न्युज

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

✍ परिकला न्यूज
चैत्र ६, २०८२ मा प्रकाशित
0

...

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित
अनुष्काको मिस नेपाल विजेतादेखि मिस वर्ल्ड सम्मको यात्रा, अहिले संसद बन्दा मिस वर्ल्ड टिमको बधाई

अनुष्काको मिस नेपाल विजेतादेखि मिस वर्ल्ड सम्मको यात्रा, अहिले संसद बन्दा मिस वर्ल्ड टिमको बधाई

चैत्र ५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana