Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘अभिमन्यु’को आजबाट सयदिने रिलिज काउन्टडाउन सुरु

✍ परिकला न्यूज
जेष्ठ २२, २०८२ मा प्रकाशित
फिल्म ‘अभिमन्यु’को आजबाट सयदिने रिलिज काउन्टडाउन सुरु

इटहरी/ तराईको गन्ध र मधेसी समुदायको जीवनशैली झल्काउने पोस्टरसँगै ‘अभिमन्यु : च्याप्टर–१’ले आफ्नो रिलिज काउन्टडाउन सुरु गरेको छ । निर्देशक सुशान्त गौतमको निर्देशनमा बनेको यो फिल्म आगामी भदौ २७ गतेदेखि सार्वजनीक प्रदर्शनमा आउँदै छ भने सार्वजनिक गरिएको पोस्टरअनुसार अब फिल्म प्रदर्शनमा आउन आजका मितिले ९९ दिन बाँकी छ ।

पोस्टरले फिल्मको कथा ग्रामीण मधेसको परिवेशमा घुम्ने संकेत गर्छ । धानबारीको फाँट, केराको बगैंचा र सरकारी स्कुलको पोसाकमा रहेकी बालिकालाई किताब कपी बोकेर एक युवकले स्कूलतर्फ लैजाँदै गरेको दृश्य मार्फत एक संवेदनशील सामाजिक सन्देश लुकाइएको देखिन्छ । ती पात्रहरू मधेसी समुदायका हुन्, जसले फिल्मको भूगोल र विषयवस्तु दुवैलाई स्थापित गर्छन् ।

हाल पोस्टप्रोडक्सन चरणमा रहेको फिल्म युनिटले कथाबारे अझै खुलाएको छैन, तर थिम पोस्टरले पैसाको लोभमा फसिने मान्छे र त्यहाँबाट बाहिर निस्कन गरिने संघर्षलाई फिल्मको मूल मर्म बनाएको स्पष्ट सङ्केत दिन्छ । सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया र सुष्मा निरौला फिल्मका प्रमुख कलाकार हुन् । सेभेन सिज सिनेमाको प्रस्तुति रहेको फिल्ममा मुकेश खनालको लेखन, मदन थापाको क्रिएटिभ निर्देशन रहेको छ । थापाले यसअघि ‘बाटो : रोड टु डेथ’ निर्देशन गरेर चर्चा बटुलेका थिए ।

@parikalanewsofficial

विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेका फिल्ममा रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता छन् । कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् । शरद महतोको डिओपी, मदन घिमिरे सम्पादक, आकाश उखेडा मुख्य सहायक निर्देशक, जीवन शाक्य लाइन प्रोड्यूसर र सरोज श्रेष्ठ निर्माण नियन्त्रकको रूपमा रहेका छन् । यो फिल्मलाई नेपाली र हिन्दी दुवै भाषामा विश्वभर एकसाथ रिलिज गरिने निर्माण युनिटको तयारी छ ।

अगाडिकाे पाेस्ट

फिल्म ‘कश्यप’ टाईटल एनाउन्समेन्ट, सविनको यो लुक्स हिरो की भिलेनको ?

अर्काे पाेस्ट

‘जन्ते बाख्रो’को बुकिङ खुल्यो, देशभर १५० भन्दा बढी शो

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार
कलिउड न्युज

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने
कलिउड न्युज

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

✍ परिकला न्यूज
बैशाख २२, २०८३ मा प्रकाशित
0

...

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित
कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

कुम्भको टिजरमा एक्सन, रोमान्स र रहस्य, जेठ १५ मा रिलिज हुने

बैशाख १८, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित
भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

भुवन केसी र जितु नेपाल एउटै पर्दामा, विशुद्ध प्रेमकथामा बन्दै ‘तिमी मेरो म तिम्रो’

बैशाख २०, २०८३ मा प्रकाशित
‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

‘अक्षरा’को प्रमुख भूमिकामा सुशील र न्यान्सी, शुभ मुहूर्त गर्दै छायांकन सुरु

बैशाख १८, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana