Saturday, March 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

प्रेमको माला टिजर: १२ गाउँका लेखक सन्तोष सरकार भिलेन, साहमुद्दीन खानसँग टकराव

✍ सुवास संकल्प
जेष्ठ २३, २०८२ मा प्रकाशित
प्रेमको माला टिजर: १२ गाउँका लेखक सन्तोष सरकार भिलेन, साहमुद्दीन खानसँग टकराव

इटहरी/ एक्सन जनरामा तयार भएको फिल्म ‘प्रेमको माला’ टीजर सार्वजनीक भएको छ । फिल्मका प्रमुख अभिनेता साहमुद्दीन खानको जन्मदिनको अवसर पारेर यो फिल्मको निर्माण युनिटले टिजर सार्वजनीक गरेको हो । फिल्म क्षेत्रमा कोशी प्रदेशका जागरुक युवा प्रतिभाहरुले आफ्नै स्थानीय स्रोत साधनबाट यो फिल्म तयार भइरहेको छ । सार्वजनीक ३९ सेकेन्ड लामो टिजरमा फिल्मका प्रमुख अभिनेता खानसँगै ब्लकबस्टर फिल्म ‘१२ गाउँ’का लेखक सन्तोष सरकार भिलेन अवतारमा प्रस्तुत भएका छन् ।

सार्वजनीक टिजरमा प्रमुख अभिनेत्री सुस्मिता पाण्डेलाई पनि फिचर्ड गरिएको छ । पाण्डे, टिजरको अन्तिममा गुण्डाहरुको गोली लागेर अभिनेता खानको काखमा लडेकी छन् । त्यहाँ प्रेम वियोगको चिच्याहट सुन्न सकिन्छ । यो फिल्मको फिल्मको केही प्रतिशत छायांकन बाँकी रहेपनि प्रमुख अभिनेता खानको आज जन्मदिन परेको हुनाले उनलाई उपहार स्वरुप यो टीजर सार्वजनीक गरिएको फिल्मका लेखक तथा निर्देशक हुसैन शेखले बताए । हेर्नुस् टिजर ।

यो टिजर, मात्र एउटा झलक भएको लेखक तथा निर्देशक शेखको भनाई छ । उनका अनुसार बाँकी रहेको छायांकन पश्चात पोस्ट प्रोडक्सनसँगै ट्रेलर कटिङ्गको काम पनि सुरु हुनेछ । सो ट्रेलरमा फिल्मको अझै अभूतपूर्व खुराकहरु समावेश गरिनेछ । एक्सन, त्यसमा पनि स्थानीय सीमित स्रोत र साधनको प्रयोगमा उत्कृष्ट फिल्म तयार गर्ने चुनौतीका वावजुद छायांकनमा समय लागेको भएपनि टिजर सार्वजानिक पश्चात् प्राप्त प्रतिकृयाले उत्साह अझै थपिएको लेखक तथा निर्देशक शेख बताउँछन् ।

@parikalanewsofficial

बाँकी रहेको छायांकन पश्चात पोस्ट प्रोडक्सनको काम सकेर विभिन्न ठाउँमा प्रीमियर सँगै देशव्यापी प्रदर्शन पनि गरिने शेखको योजना रहेको छ । जेएमजी ग्रुप प्रालि बिराटनगरको निर्माणमा तयार भएको यो फिल्म ‘प्रेमको माला’ सम्पादनको कार्य पनि लेखक तथा निर्देशक हुसैनले नै गरिरहेका छन् । फिल्मलाई नेपाली, हिन्दी र बङ्गाली गरी ३ भाषामा निर्माण गरिने बताईएको छ । यो फिल्मको गीतहरूमा समीर विक र सुमिना बराइलिको स्वर सुन्न सकिन्छ । सन्तोष रजकको छायांकन रहेको फिल्ममा विक्रम शाहको व्यवस्थापन र कृष्ण सुवेदीको श्रृंगार रहेको छ भने पोस्ट प्रोडक्सनको काम जानकी मीडिया ग्रुप प्रालिमा भइरहेको छ ।

अगाडिकाे पाेस्ट

‘मिस एसईई इटहरी’को ट्यालेन्ट राउन्ड सम्पन्न, २६ प्रतिष्पर्धीले देखाए प्रतिभा

अर्काे पाेस्ट

‘जनै हराएको मान्छे’को ‘आमा’ सार्वजनीक

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज
कलिउड न्युज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

✍ परिकला न्यूज
चैत्र ७, २०८२ मा प्रकाशित
0

...

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक
कलिउड न्युज

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

✍ परिकला न्यूज
चैत्र ६, २०८२ मा प्रकाशित
0

...

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित
अनुष्काको मिस नेपाल विजेतादेखि मिस वर्ल्ड सम्मको यात्रा, अहिले संसद बन्दा मिस वर्ल्ड टिमको बधाई

अनुष्काको मिस नेपाल विजेतादेखि मिस वर्ल्ड सम्मको यात्रा, अहिले संसद बन्दा मिस वर्ल्ड टिमको बधाई

चैत्र ५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana