Sunday, March 22, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

१० करोडभन्दा बढीको ग्रस कमाइको खुसीमा ‘उनको स्वीटर’ टिमले काट्यो ४ तले केक

✍ परिकला न्यूज
जेष्ठ २२, २०८२ मा प्रकाशित
१० करोडभन्दा बढीको ग्रस कमाइको खुसीमा ‘उनको स्वीटर’ टिमले काट्यो ४ तले केक

इटहरी/ नेपाली फिल्म उद्योगमा विक्रम संवत् २०८२ को ऐतिहासिक सफलता फिल्मको अग्रपङ्क्तिमा उभिएको छ ‘ऊनको स्वीटर’। आम दर्शकदेखि समालोचकसम्मको मन जित्न सफल यो फिल्मले केवल बक्स अफिसमा रेकर्ड मात्र तोडेको छैन, नेपाली कथावस्तुलाई अन्तर्राष्ट्रिय स्तरमा समेत गर्वका साथ प्रस्तुत गरेको छ । प्रदर्शनको चौथो सातामा पुगेको अवस्थामा पनि यो फिल्मको क्रेज घटेको छैन ।

तेस्रो हप्तामै १० करोडभन्दा बढीको ग्रस कमाइ गर्दै सुपरहिट बनेको यो फिल्मको सफलतालाई विशेष बनाउन निर्माण टिमले मङ्गलवार साँझ काठमाडौंको चाबहिलस्थित एफक्युब सिनेमा हलमा दर्शकसँग केक काटेर उत्सव मनायो । सो अवसरमा निर्देशक नवीन चौहान, कलाकार विपिन कार्की, एलेक्स पारस, परीक्षा लिम्बु, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगर, संगीतकार कोविद बज्र, गायक सुजन चापागाईं, गीतकार हर्क साउद, छायाँकार चिन्तन राजभण्डारीलगायतको उपस्थिति थियो ।

केकमा फिल्मका पोस्टर तथा फिल्मको लोकप्रिय गीतहरू झल्काउने चित्रहरू सजाइएका थिए । निर्देशक चौहानका अनुसार यो कुनै प्रचारात्मक रणनीति नभई “दर्शकको माया साट्ने र धन्यवाद व्यक्त गर्ने” सन्देशसहितको आत्मीय कार्यक्रम हो । एफक्युब हललाई गोलाप्रथामार्फत छानिएको थियो, जहाँ हल प्रायः हाउसफुल देखिएको थियो । ‘ऊनको स्वीटर’ हाल नेपालका १०० भन्दा बढी स्क्रिनहरूसँगै अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, युरोप, मध्यपूर्वलगायतका देशहरूमा समेत प्रदर्शन भइरहेको छ ।

@parikalanewsofficial

विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनयले कथालाई थप गहिरो बनाएको छ । फ्रेन्च निर्देशक एरिक भ्यालीले फिल्मलाई ‘नेपाली समाज र संस्कृतिको संवेदनशील प्रस्तुति’ भनेर खुलेर प्रशंसा गरेका छन् । मनीषा कोइराला, डा. बाबुराम भट्टराई, राजेश पायल राई, विजय लामा, नाजिर हुसेनजस्ता चर्चित हस्तीहरूले पनि यो फिल्मको खुलेर प्रशंसा गरिसकेका छन् ।

अगाडिकाे पाेस्ट

फिल्म ‘महाराजधिराज’मा गजित विष्ट र आशा पौडेल अनुबन्ध

अर्काे पाेस्ट

‘मिस एसईई इटहरी’को ट्यालेन्ट राउन्ड सम्पन्न, २६ प्रतिष्पर्धीले देखाए प्रतिभा

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज
कलिउड न्युज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

✍ परिकला न्यूज
चैत्र ७, २०८२ मा प्रकाशित
0

...

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक
कलिउड न्युज

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

✍ परिकला न्यूज
चैत्र ६, २०८२ मा प्रकाशित
0

...

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित
अनुष्काको मिस नेपाल विजेतादेखि मिस वर्ल्ड सम्मको यात्रा, अहिले संसद बन्दा मिस वर्ल्ड टिमको बधाई

अनुष्काको मिस नेपाल विजेतादेखि मिस वर्ल्ड सम्मको यात्रा, अहिले संसद बन्दा मिस वर्ल्ड टिमको बधाई

चैत्र ५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana