Sunday, March 22, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

फिल्म ‘महाराजधिराज’मा गजित विष्ट र आशा पौडेल अनुबन्ध

✍ सुवास संकल्प
जेष्ठ २२, २०८२ मा प्रकाशित
फिल्म ‘महाराजधिराज’मा गजित विष्ट र आशा पौडेल अनुबन्ध

इटहरी/ छायांकनको अन्तिम तयारीमा रहेको फिल्म महाराजधिराज मा अभिनेत्री आशा पौडेल र गजित विष्ट को इन्ट्री भएको छ । लगातार एकपछि अर्को कलाकार अनुबन्ध गरिरहेको महाराजधिराज टिमले मंगलबार यी २ लाई अनुबन्ध गरेको हो । आगामी दशैँको फूलपातीलाई रिलिज मिति तय गरेर प्रि-प्रोडक्सन सुरु गरेको फिल्म अहिलेदेखि नै चर्चामा छ । अनुबन्ध भएका अभिनेता विष्ट परिचित नाम हो ।

अभिनयमा राम्रो दखल भएका उनले यो फिल्ममा जोडिन पाउँदा खुशी व्यक्त गरेका छन् । ‘मायाज बार’ नामक फिल्मबाट अभिनय मा डेब्यु गरेका उनले करियरको १५ वर्षमा २० बढी फिल्महरुमा अभिनय गरिसकेका छन् भने उनले ‘लभ यू बाबा’ र ‘हैरान’ जस्ता फिल्म निर्माण समेत गरिसकेका छन् । टेलिभिजन रियालिटी शो हरुको निर्देशन को समेत अनुभव बटुलेका विष्ट अब महाराजधिराज मा कस्तो चरित्रमा देखिन्छन् भन्ने कौतुहलता थपिएको छ ।

यस्तै २०६३-६४ सालबाट अभिनय यात्रा थालनी गरेकी आशाले फिल्ममा ‘दाईको ससुराली’ बाट डेब्यु गरेकी थिइन् । त्यसपश्चात जिन्दगी, कृष्णा, त्रिनेत्र, सासु नन्द बुहारी, भोजपुरी भाषामा बनेको नेपाली फिल्म कर्जा रगतको र भोजपुरी फिल्म सबसे वाडा रुपैयाँ नामक फिल्ममा पनि अभिनय अनुभव बटुलिसकेकी छन् । थुप्रै म्युजिक भिडियो तथा टेलिफिल्म हरुमा समेत अभिनय गरेकी उनले पछिल्लो समय महानायक राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा अवतार’मा समेत अभिनय गरेकी छन् । उनले पनि महाराजधिराज मा अनुबन्ध हुन पाउँदा हर्षित महसुस गरेकी छन् ।

@parikalanewsofficial

यसअघि यो फिल्ममा आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह, वर्षा राउत, वर्षा शिवाकोटी, जय किशन बस्नेत र पुष्प खड्का अनुबन्ध भइसकेका छन् । फिल्ममा पुराना र नयाँ पुस्ताका कलाकारको संयोजन देख्न पाइने भएकाले यसको कथावस्तु फरक हुने अनुमान गरिएको छ । ‘महाराजधिराज’को निर्देशन परिच्छेद सेनले गर्नेछन् । यसअघि सेनले निर्देशन गरेको फिल्म ‘प्रेमगञ्ज’ ले राम्रो प्रतिक्रिया पाएको थियो ।

फिल्मको कथा पनि निर्देशक सेनकै हो । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको निर्माण रहने यो फिल्मका प्रस्तुतकर्ता विराज बिष्ट हुन्, जसले यसअघि राष्ट्रिय अवार्ड विजेता फिल्म ‘बुलाकी’ निर्माण गरेका थिए । टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का फिल्मका निर्माता हुन् । ‘महाराजधिराज’ आगामी फूलपातीमा देशभर प्रदर्शनमा आउने तयारीमा छ । त्यसैले पनि यो फिल्मको चर्चा फिल्मी बजारमा व्यापक छ । यो सँगै आधा दर्जन फिल्म सो मितिमा रिलिज हुने पक्कापक्की छ । यो फिल्मको पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

‘मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन’ सम्पन्न, दिपा क्षेत्री र सारिका बुढा विजेता

अर्काे पाेस्ट

१० करोडभन्दा बढीको ग्रस कमाइको खुसीमा ‘उनको स्वीटर’ टिमले काट्यो ४ तले केक

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज
कलिउड न्युज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

✍ परिकला न्यूज
चैत्र ७, २०८२ मा प्रकाशित
0

...

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक
कलिउड न्युज

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

✍ परिकला न्यूज
चैत्र ६, २०८२ मा प्रकाशित
0

...

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित
अनुष्काको मिस नेपाल विजेतादेखि मिस वर्ल्ड सम्मको यात्रा, अहिले संसद बन्दा मिस वर्ल्ड टिमको बधाई

अनुष्काको मिस नेपाल विजेतादेखि मिस वर्ल्ड सम्मको यात्रा, अहिले संसद बन्दा मिस वर्ल्ड टिमको बधाई

चैत्र ५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana