Wednesday, May 6, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

केकी, निता, सबिनसंगै ९ जनाले एकैदिन लिए १२ ओटा फिल्मको निर्माण इजाजत

✍ परिकला न्यूज
जेष्ठ २०, २०८२ मा प्रकाशित
केकी, निता, सबिनसंगै ९ जनाले एकैदिन लिए १२ ओटा फिल्मको निर्माण इजाजत

इटहरी/ नेपाली फिल्मको इतिहासमा पहिलोपटक एकैदिनमा १२ वटा फिल्मले निर्माणको लागि आधिकारिक अनुमति लिएका छन् । चलचित्र विकास बोर्डले सोमबार यस्तो ऐतिहासिक रेकर्ड सार्वजनिक गरेको हो, जसले नेपाली फिल्म उद्योगमा फिल्म निर्माणको गतिशीलता र विस्तारको संकेत गर्छ । निर्माण इजाजत लिनेमा निता ढुंगाना, केकी अधिकारी, सविन श्रेष्ठ लगायतका चर्चित अनुहारहरू छन् । कसैले एउटा त कसैले २ ओटा सम्म बोर्डमा फिल्म दर्ता गराएका छन् ।

१) नीता ढुंगानाको दुई फिल्म:
कलाकार तथा निर्मात्री नीता ढुंगानाले आफ्नो ब्यानर निता फिल्म्स प्रोडक्सन प्रा.लि. मार्फत दुई फिल्म ‘एक दुई तीन’ र ‘सुख दुःख’ निर्माण गर्न इजाजत लिएकी छन् । दुबै फिल्ममा उनी स्वयं कलाकारको रूपमा देखिनेछिन् । उनले ‘ह्रस्व दीर्घ २’ बनाउने चर्चाको बीच यी २ फिल्मको इजाजत लिएकी छन् ।

२) गणेशदेव पाण्डेको निर्देशनमा ‘पारी बुटोल’:
निर्देशक गणेशदेव पाण्डेले ‘पारी बुटोल’ नामक फिल्मको निर्माण अनुमति लिएका छन् । फिल्मको कथा, निर्देशन र प्रस्तुति उनले नै गर्ने जनाइएको छ ।

३) सबिन श्रेष्ठको ‘कश्यप’:
अभिनेता सबिन श्रेष्ठले पनि फिल्म निर्माण गर्ने भएका छन् । उनले आफ्नै व्यानर सविन फिल्म्स प्रा.लि. बाट निर्माण गर्नलाई ‘कश्यप’ नामको फिल्मको निर्माण इजाजत लिएका छन् । बुझिए अनुसार यो फिल्मको यही साता निर्माण घोषणा समेत हुँदैछ भने कलाकार छनौट अन्तिम चरणमा पुगेको छ । फिल्ममा प्रमुख अभिनेताको रुपमा सविन आफै रहने र छायांकन कोशी प्रदेशमा हुने जानकारी प्राप्त भएको छ ।

@parikalanewsofficial

४) केकी अधिकारीको दुई फिल्म :
अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले ‘भद्रकाली’ र ‘राधा पियारी’ शीर्षकमा दुई फिल्म निर्माण गर्न लागेकी छन् । ‘भद्रकाली’लाई उनका भाइ विम्ब अधिकारीले निर्देशन गर्नेछन् भने ‘राधा पियारी’को निर्देशन सञ्जय चौलागाईंले सम्हाल्नेछन् । दुवै फिल्ममा केकी र विम्ब अभिनयमा देखिनेछन् । यो फिल्महरूको पनि सोमबार नै निर्माण इजाजत लिइएको छ ।

५) चेतन आङथुपोको ‘दारासिङ’:
चेतन आङथुपोले लेखन, निर्देशन र निर्माण समेत आफैं सम्हाल्ने गरी ‘दारासिङ’ बनाउने तयारीमा छन् । यस फिल्मले पारिवारिक तथा सामाजिक कथालाई चित्रण गर्ने अनुमान गरिएको छ ।

६) गौरव पहारी र मिस पविको ‘परिवेश’:
अभिनेता गौरव पहारी र मिस पवित्रा साँखी (पवि) को प्रमुख अभिनय रहने गरी ‘परिवेश’ नामक फिल्मले पनि सोमबारै निर्माण इजाजत लिइएको छ ।

७) प्रचण्डमान श्रेष्ठका दुई फिल्म:
यस्तै निर्माता तथा निर्देशक प्रचण्डमान श्रेष्ठले ‘पथलैया’ र ‘जयन्ती’ शीर्षकका दुई फिल्मको निर्माण इजाजत पाएका छन् । ‘जयन्ती’मा अभिनेता अरुण क्षेत्री प्रमुख भूमिकामा रहनेछन् ।

८) वल्र्डवाइड फिल्म्सको ‘स्वर्गीय सिंगे’:
वल्र्डवाइड फिल्म्स प्रा.लिले ‘स्वर्गीय सिंगे’ निर्माणको लागि सोमबार स्वीकृति लिएको छ । फिल्मको कथावस्तु अझै खुलाइएको छैन ।

९) रोशन दासको ‘प्रतिवैरम’:
निर्देशक तथा निर्माता रोशन दासले ‘प्रतिवैरम’ नामक फिल्मको निर्देशन तथा निर्माण दुवै आफैं गर्ने गरी निर्माण इजाजत सोमबार लिएका छन् ।

अगाडिकाे पाेस्ट

‘जन्ते बाख्रो’मा समय लिएर चरित्र निर्माणको अवसर पाएँ: सौगात मल्ल

अर्काे पाेस्ट

‘द ब्ल्यू लाइट’को शुभमुहूर्त सम्पन्न, यही २२ गतेबाट छायांकन सुरु गरिने

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’
कलिउड न्युज

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ
कलिउड न्युज

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

✍ परिकला न्यूज
बैशाख २३, २०८३ मा प्रकाशित
0

...

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित
सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

सुपरहिट फिल्मको सिक्वेल ‘आँ बाट आमा २’ को निर्माण सुरु, दशैंमा रिलिज हुने

बैशाख २१, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

आलोचनाबीच ढकाललाई रविको ढाडस, ‘एक घामले सुक्ने तलाव होइनन्’

बैशाख २३, २०८३ मा प्रकाशित
लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

लालीबजार प्रदर्शनका लागि बाटो खुल्ला, यही २५ देखि रिलिज, खुल्यो अग्रिम टिकट बुकिङ

बैशाख २३, २०८३ मा प्रकाशित
दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

दसैँलाई रिलिज लक गर्दै फ्लोरमा ‘१२ गाउँ २’: अनुप बिक्रम सहित विराज र समिरको एक्सन फेरि पर्दामा

बैशाख २३, २०८३ मा प्रकाशित
सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

सलिनमानको दमदार ‘कमब्याक’: ‘युनिभर्सिटी अफ गुण्डाज्’मा एक्सन अवतार

बैशाख २३, २०८३ मा प्रकाशित
कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

कलाकारको जम्बो टोली लिएर फ्लोरमा निस्कियो ‘महाराजधिराज’, फूलपातीमा रिलिज हुने

बैशाख २२, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana