Sunday, March 22, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘जन्ते बाख्रो’मा समय लिएर चरित्र निर्माणको अवसर पाएँ: सौगात मल्ल

✍ परिकला न्यूज
जेष्ठ २२, २०८२ मा प्रकाशित
‘जन्ते बाख्रो’मा समय लिएर चरित्र निर्माणको अवसर पाएँ: सौगात मल्ल

इटहरी/ कलाकारितामा अब्बल मानिएका अभिनेता सौगात मल्लले ‘जन्ते बाख्रो’ फिल्ममा आफ्नो चरित्रलाई गहिराइबाट बुझ्न र निर्माण गर्न विशेष समय पाएको बताएका छन् । पात्रलाई जीवन्त बनाउन र भूमिकामा डुब्ने कलाकारका रूपमा चिनिने मल्लले पर्याप्त समय पाउँदा कुनै पनि पात्रलाई नयाँ ढङ्गले प्रस्तुत गर्न सकिने आफ्नो मान्यता व्यक्त गरे । “एउटा फिल्ममा काम गरिसकेपछि केही समय पाइयो भने म नयाँ क्यारेक्टर निर्माण गर्न सक्छु,” अभिनेता मल्लले भने, “‘जन्ते बाख्रो’ मा मैले आफ्नो क्यारेक्टरलाई बुझ्न र त्यसलाई निर्माण गर्न लेखकसँग छलफल गरेर मौका पाएँ, त्यसैले यो फरक देखिएको छ ।”

मल्लका अनुसार, लेखिएको पात्रले भोग्ने कथा र परिवेशले नै उनलाई भूमिकाका लागि तयार गर्छ, यद्यपि कहिलेकाहीँ व्यक्तिगत भोगाइ पनि चरित्रमा मिसिन पुग्छ । निर्देशकले परिकल्पना गरेको र आफूले बुझेको पात्रको सही संयोजन भएपछि मात्र त्यो पर्दामा जीवन्त हुने उनको विश्वास छ । उनी निर्देशकको अघिल्लो कामको सफलता वा असफलताभन्दा पनि आफूसमक्ष आएको विषय र त्यसको प्रस्तुतीकरणबाट बढी प्रभावित हुने बताउँछन् । “पछिल्लो काम बिग्रिएको छ भने आउँदो काम राम्रो गर्न सक्दैन भन्ने मलाई लाग्दैन,” मल्लले थपे, “विश्वभर आश नगरिएका निर्देशक, अभिनेताले गज्जब काम गरेका छन् । म कहाँ प्रस्ताव आएका फिल्मबाट नै मैले छनौट गर्ने हो ।”

फिल्म ‘जन्ते बाख्रो’ ले आफ्नो ग्रामीण जीवन र विशेषगरी गाउँघरका भोजभतेरको स्मरण गराएको उनले बताए । “गाउँमा हुँदा यस्ता भोजभतेरमा काम गर्न पुगिन्थ्यो । किनकि त्यहाँ सबै गाउँले मिलेर नै विवाह लगायतका गतिविधिमा सघाउने प्रचलन छ । म सहितको एउटा साथीको टिमले यस्ता विवाहमा धेरै पटक भोज तयार गरेका छौँ,” उनले विगत सम्झिए । ‘जन्ते बाख्रो’ को परम्पराबारे प्रस्ट्याउँदै मल्लले भने, “एउटा बेहुली लिएर फर्किएको बेहुलासहितको जन्तीलाई बेहुली पक्षले बाटोमा खान दिएको हुन्छ भने अर्को बेहुली भित्र्याएपछि हुने भतेर (भोज) मा खाइन्छ ।”

@parikalanewsofficial


फिल्मको कथा यही सांस्कृतिक प्रसंगसँग जोडिएको उनको भनाइ छ । “हाम्रो परम्परा र संस्कृतिले एकआपसमा जोड्ने र सामीप्यता बढाउने गरेको पाइन्छ । पछिल्लो समय ‘जन्ते बाख्रो’ खुवाउने प्रचलन ‘पार्टी प्यालेस’ ले बदलेको छ । त्यहीकारण फिल्मले हाम्रो परम्परा र संस्कृतिलाई प्रस्तुत गरेको छ, जहाँ रमाइलो र आत्मीयता पाइन्छ,” उनले थपे । फिल्ममा सह-कलाकारद्वय आशिफ शाह र गरिमा शर्मासँग पहिलोपटक काम गरे पनि आशिफसँग ‘कागबेनी’ को समयदेखि नै परिचित रहेको मल्लले बताए ।

“मैले पहिलादेखि नै चिनेकाले पनि काम गर्न सहज भयो । साथै, छायांकन अगाडि हामीले पटकथामा छलफल गर्दा पनि एक अर्कासँग जानकार भयौँ । सोही कारण तपाइँले सार्वजनिक प्रचार सामग्रीमा हाम्रो ‘कम्फर्ट’ लाई देख्नुभएको होला,” उनले भने, “यो फिल्म रमाइलो बनेको छ, हामीले छायांकनमा पनि रमाइलो गरेका थियौँ।” आफ्नो विवाहबारे सोधिएको प्रश्नमा उनले भव्यताभन्दा सरलता मन पर्ने र आफ्नो स्वभावअनुसार नै जीवनयापन गर्न चाहेको स्पष्ट पारे । “भव्यताले मलाई कहिले पनि आकर्षित गरेन, मेरो विवाह हुँदा पनि सरल नै हुन्छ किनकि म त्यस्तै रुचाउँछु,” उनले भने ।

सन्तोष गौतमद्वारा निर्मित ‘जन्ते बाख्रो’ को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्मले गाउँघरबाट हराउँदै गएको भुइँमा लहरै बसेका जन्तीलाई टपरी र दुनामा भोज खुवाउने परम्परा र ग्रामीण क्षेत्रको मौलिक चालचलनलाई समेटेको छ । फिल्ममा सौगात मल्लसँगै आशिफ शाह, गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतमलगायत कलाकारको अभिनय रहेको छ ।

मुईन इन्टरटेनमेन्टद्वारा निर्मित यस फिल्मको पोस्टर डिजाइन रोयल भिमसेनले गरेका छन् भने हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन र सुनिल शिवभक्तिको सम्पादन रहेको छ । फिल्मका ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ जस्ता गीतहरू दर्शकले रुचाइसकेका छन् भने सार्वजनिक ट्रेलरले पनि सकारात्मक प्रतिक्रिया पाएको छ । टिफल्क फिल्म्सले वितरण गर्ने यो फिल्मको डिजिटल अधिकार जी टु वान डिजिटलले प्राप्त गरेको छ । निर्माण पक्षका अनुसार, फिल्मले परम्परालाई रमाइलो ढङ्गले प्रस्तुत गरेकाले नयाँ पुस्ताका लागि मनोरञ्जनसहित जानकारीमूलक हुने विश्वास लिइएको छ ।

अगाडिकाे पाेस्ट

फिल्म ‘आ बाट आमा’मा अभिनेता पल शाहको इन्ट्री

अर्काे पाेस्ट

केकी, निता, सबिनसंगै ९ जनाले एकैदिन लिए १२ ओटा फिल्मको निर्माण इजाजत

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक
कलिउड न्युज

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

✍ परिकला न्यूज
चैत्र ८, २०८२ मा प्रकाशित
0

...

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज
कलिउड न्युज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

✍ परिकला न्यूज
चैत्र ७, २०८२ मा प्रकाशित
0

...

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चलचित्र पत्रकार संघ नेपाल चितवन शाखाको अध्यक्षमा पुनः गोविन्द अर्याल चयन

चैत्र ५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको प्रेममा चोट खाएकाको मन भक्कानिने गीत सार्वजनिक

चैत्र ८, २०८२ मा प्रकाशित
कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

कविताको भावसँगै जन्मियो ‘एक मुठी बादल’, आँचललाई जन्मदिनको सरप्राइज

चैत्र ७, २०८२ मा प्रकाशित
‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

‘राम नाम सत्य’को नयाँ गीतमा एक्सन स्टार विराज भट्ट खुशीसँग रोमान्टिक

चैत्र ६, २०८२ मा प्रकाशित
हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

हलिउड स्टार डिकाप्रियो निर्माता रहेको ‘स्नो लियोपार्ड सिस्टर्स’को नेपाल प्रिमियर सम्पन्न

चैत्र ६, २०८२ मा प्रकाशित
फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

फिल्म ‘मालती मंगले’को पहिलो गीत सार्वजनिक

चैत्र ५, २०८२ मा प्रकाशित
<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-5588508778612786"
     crossorigin="anonymous"></script>

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana