इटहरी/ केही समय अघि निर्माण घोषणा गरिएको फिल्म आ बाट आमामा अभिनेता पल शाह अनुबन्ध भएका छन् । यसअघि यो फिल्ममा अभिनेत्री विपना थापा अनुबन्ध भएकी थिइन् । अभिनेता शाहलाई निर्देशक चन्द्र पन्तले कागजी सम्झौता गरेको जानकारी गराए । बुझिए अनुसार विपना आमा र पल छोराको भूमिकामा यो फिल्ममा देखिने छन् ।
लगातार हिट फिल्म दिन सफल निर्देशक पन्तले ‘आ बाट आमा’ को कथा मार्मिक भएको बताएका छन् । फिल्मको छायाङ्कन आउँदो भदौबाट सुरु हुनेछ भने प्रदर्शन मिति २०८२ साल फाल्गुन १५ गतेलाई तोकिएको छ ।

अभिमन्यू निरवीले लेखेको यो फिल्मको कथा आमा र बच्चाको भावनात्मक सम्बन्धमा आधारित हुनेछ, जसको झलक सार्वजनिक थिम पोस्टरमा देख्न सकिन्छ । यो फिल्मका पन्तको कथा समावेश फिल्म ‘नरसिंहा अवतार’ यतिबेला देशभर भव्यताका साथ प्रदर्शन भइरहेको छ ।
@parikalanewsofficial












Discussion about this post