इटहरी/ युकेको लन्डनमा “थर्ड आइ” संस्थाले आयोजना गरेको तेस्रो नेपाली फिल्म महोत्सव भव्यताका साथ सम्पन्न भएको छ। मे १८ बाट सुरु भई मे ३१ सम्म विभिन्न सहरमा कार्यक्रम सञ्चालन गरिएको थियो।महोत्सवको समापन समारोह लन्डनको ग्रीनफोर्ड टाउन हलमा सम्पन्न भयो, जहाँ उत्कृष्ट नेपाली फिल्म र कलाकारहरूलाई सम्मान गरियो। ३९८ आवेदनमध्येबाट छनोट गरिएका ‘पुजार सार्की’, ‘ज्वाइँसाब’, ‘सतीदेवी’ र ‘हाफ जर्नी’ नामक फिल्महरूलाई उत्कृष्ट फिल्म अवार्ड प्रदान गरियो।
कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष कुल आचार्य, युवा उद्यमी यादव भण्डारी, जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ र पत्रकार नवीन पोखरेल लगायतले अवार्ड प्रदान गरे।तीन दशकभन्दा लामो समय नेपाली रंगमञ्च, टेलिभिजन र फिल्ममा समर्पित वरिष्ठ कलाकार सन्तोष पन्तलाई “लाइफ टाइम अचिभमेन्ट अवार्ड” दिइयो। उनलाई उक्त सम्मान चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी र समाजसेवी डा. राघवप्रसाद धिताल ओबीइले संयुक्त रूपमा प्रदान गरे।
कार्यक्रममा नेपालबाट आएका चर्चित कलाकारहरू बिपना थापा, धिरेन शाक्य, नीति शाह, आश्मा विश्वकर्मा, सुवानी मोक्तान, प्रताप दास, एलिस कार्की सहित युकेका कलाकार रितेश चाम्स, निकेश लिम्बु, प्रेम लामा र बेल्जियमका प्रतीक दूतराजलाई पनि नेपाली कलामा योगदानका लागि विशेष सम्मान प्रदान गरिएको थियो।महोत्सवमा प्रमुख अतिथिको रूपमा सहभागी डा. धिताल र अध्यक्ष डिसीका साथै थर्ड आइका अध्यक्ष विकास देवकोटा र अन्य सदस्यहरू सुनिलबाबु खड्का, ओजेश सिंह, प्रजेश श्रेष्ठ, अनिल बस्नेत, सुवसिंह गुरुङ, रोमियन लिम्बु र प्रशान्त खड्काले पुरस्कार तथा सम्मान सामग्री हस्तान्तरण गरेका थिए ।
समारोहमा बोल्दै चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले विदेशमा नेपाली फिल्मको प्रवर्द्धनका लागि यस्ता कार्यक्रमहरू प्रेरणादायी हुने बताएका थिए। आयोजक समितिका ओजेश सिंहले महोत्सवको उद्देश्य नेपाली फिल्ममा र संस्कृतिको अन्तर्राष्ट्रिय पहिचान बनाउनु रहेको बताए।कार्यक्रमको सञ्चालन प्रसुना कंडेल र नेपालबाट आएका गायक उद्घोषक राजेश बर्देवाले गरेका थिए। गायिका सुवानी मोक्तान र गायक प्रताप दासको सांगीतिक प्रस्तुति र नृत्याङ्गना आश्मा विश्वकर्माको आकर्षक प्रस्तुतीले कार्यक्रममा विशेष रौनक थपेको थियो।
साथै, बेलायतका स्थानीय कलाकारहरु सरस्वती कुँवर र लक्ष्मण महराले पनि सांगीतिक प्रस्तुति दिएका थिए।कार्यक्रम सफल बनाउन थर्ड आइ टिमका सबै सदस्यहरूको सक्रिय भूमिका उल्लेखनीय रहेको र कार्यक्रम सोहीअनुरुप सफल भएको भनिएको छ
@parikalanewsofficial
Discussion about this post