इटहरी/ आगामी दशैँको फूलपातीको अवसर पारेर सार्वजनिक प्रदर्शनमा आउने तयारी रहेको बहुप्रतिक्षित फिल्म ‘बलिदान’का प्रमुख अभिनेता समीर भट्टको माझी अवतार सार्वजनिक भएको छ । यो फिल्मको प्रि-टीजर देखि नै चर्चा व्यापक चलेको थियो । फिल्म छायांकन देखि त यो फिल्मको प्रतीक्षा चरमचुलीमा पुगेको छ ।
हालै सार्वजनिक तस्विरमा अभिनेता समीर कोशी बगरमा बसेर कम्मरमा धाडिया अर्थात् सोली बोकेर बसिरहेको अवस्थामा देखिन्छन् । उनको सार्वजनीक तस्विर छायांकन सेटबाट सार्वजनिक भए पनि सटबाट अलि फुर्सद अवस्थामा देखिन्छन् । मोबाइल चलाउँदै गरेको अवस्थामा रहेका उनको यो अवतार भने फिल्मकै एक रूप हो भन्ने बुझ्न सकिन्छ ।
कोशी प्रदेशको इटहरी, बिराटनगर, सुन्दरहरैचा, कानेपोखरी लगायतका ठाउँमा छायांकन भएको यो फिल्मको यतिबेला दर्शकले व्यग्र प्रतीक्षा गरिरहेका छन् । यसअघि निर्माण युनिटले अभिनेता समीरको जन्मदिनको अवसर पारेर उनलाई मात्रै फिचर्ड गर्दै प्रि-टीजर सार्वजनीक गरेको थियो । जसमा उनको धमाकेदार एक्सन समावेश गरिएको थियो ।
@parikalanewsofficial
यो फिल्मलाई सन्तोष सेनले निर्देसन गरेका छन् । ‘आसुसेन फिल्म्स् प्रा.लि.’ को ब्यानरमा निर्माण भएको यस फिल्ममा समीरका अलावा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी जस्ता कलाकारहरूको पनि अभिनय रहेको छ । पवन ब्राडफोर्ड बिस्ट निर्माता रहेको फिल्ममा प्रेम पुरी कार्यकारी निर्माता हुन् ।
Discussion about this post