इटहरी/ दशैंको फूलपातीलाई रिलिज मिति तय गरेर छायांकनमा जुटेको फिल्म ‘माइतिघर’को छायांकनमै एउटा अविस्मरणीय क्षण सिर्जना भएको छ । म्याग्दीको दरवाङमा खिचिँदै गरेको फिल्मको क्लाइमेक्स दृश्यका क्रममा फिल्मको छायांकन यति भावनात्मक बन्यो कि केही समयका लागि छायांकन नै रोक्नुपर्यो । कथाअनुसार त्यो दृश्यमा बेहुली पक्ष मात्रै भावुक देखिनुपर्ने थियो । तर, त्यो सीन यति गहिरो र मनछुने बन्यो कि पर्दामा अभिनय गरिरहेका पात्र मात्र होइन, पर्दापछाडि उभिएका सबैको मन भक्कानियो ।
बेहुला पक्षका केदार प्रसाद घिमिरे माग्नेबुढादेखि लिएर अन्य कलाकारहरूसमेत भावुक भएर रोए । आँखामा आँशु थाम्न सकेनन् । ‘माइतिघर’को यो क्षणले स्पष्ट पारेको छ कि फिल्मको कथा केवल दृश्यमा मात्र सीमित छैन, यो भावनामा बग्छ, र त्यो भावनाले जो–कोहीलाई भित्रैदेखि छुन्छ । बलियो स्क्रिप्ट, सशक्त निर्देशन र मनछुने अभिनयको संगमले सिर्जना गरेको यो दृश्यले फिल्मप्रतिको उत्साह अझै बढाएको छ । आगामी दशैंमा दर्शकलाई यो फिल्मले हलको पर्दामा कत्तिको बाँध्न सक्छ भन्ने कुरा त रिलिज पर्खनै पर्ने हुन्छ ।
@parikalanewsofficial
यो फिल्म माईतीघर रोहित अधिकारी फिल्म्सको प्रस्तुति हो, जसका निर्मातामा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङ छन् । कार्यकारी निर्मातामा इश्वर श्रेष्ठ र नीरज कटुवाल रहेका छन् । फिल्मको निर्देशन मिलन तामाङले गरिरहेका छन् भने छायांकन सुसन प्रजापतिले गरिरहेका छन् । ‘माइतीघर’ मा माग्नेबुढासँगै धीरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देल, युवराज लामा, पुष्कर गुरुङ र रजनी गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । यसअघि ‘छ माया छपक्कै’, ‘गाजलु’ र ‘फर्की फर्की’ जस्ता सफल फिल्म निर्माण गरिसकेका रोहित अधिकारीको यो चौथो प्रोजेक्ट हो ।














Discussion about this post