Friday, April 17, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

आलोचना खेपिरहेकी सञ्चिता शाहीलाई माग्नेबुढाले ‘बिर्खेनी’ भनेकोमा आपत्ति

“मेरो नजरमा यदि कोही नराम्रो मान्छे छन् भने त्यो माग्नेबुढा हो" - सञ्चिता शाही

✍ सुवास संकल्प
जेष्ठ १७, २०८२ मा प्रकाशित
आलोचना खेपिरहेकी सञ्चिता शाहीलाई माग्नेबुढाले ‘बिर्खेनी’ भनेकोमा आपत्ति

इटहरी/ कलाकारहरूको बीचमा चल्ने मजाक र नामकरण कहिले-काहीँ त्यतिबेला विवादको विषय बन्छ जब त्यो मजाक एक पक्षलाई चोट पुर्‍याउने गरी लिइन्छ । यस्तै केही भएको छ मोडल तथा अभिनेत्री संचिता शाही र हास्यकलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ बीच । हालै एक अन्तरवार्तामा संचिताले आफूलाई ‘बिर्खेनी’ भनेर नाम दिइएको विषयमा गहिरो असन्तुष्टि व्यक्त गरेकी छिन् ।

उनले भनिन्, “मेरो नजरमा यदि कोही नराम्रो मान्छे छन् भने त्यो माग्ने बुढा हुन् । उहाँ जस्तो लेजेन्ड कलाकारले मलाई ‘बिर्खेनी’ भनेर नाम राखिदिनुभयो । त्यसैले संसारमै मन नपर्ने नाम माग्ने बुढा हो ।” उनका अनुसार माग्ने बुढाले सामाजिक सञ्जालमा कुनै पूर्व अनुमति नलिई यस्तो नामकरण गरेका हुन्, जसले आफूलाई दुख दिएको छ ।

उनले थप भनिन्, “उहाँ सिनियर कलाकार हो, उहाँबाट हामीले धेरै कुरा सिक्न सक्छौं । तर यदि मलाई छोरी जस्तै मानेको भए, यस्तो नाम दिनुअघि कम्तीमा एकपल्ट सोध्नु हुन्थ्यो होला ।” शाहीले थप स्पष्ट पार्दै “म बिर्खेनी होइन । कलाकारबीच भाई–बहिनीको नातामा यस्ता नामहरू राख्नु शोभनीय होइन । यस्तो व्यवहारले उहाँकै स्तर घटाउँछ ।” भनेकी छन् ।

@parikalanewsofficial

यसअघि आफूलाई ब्लड क्यान्सर लागेको भनेर झूटो प्रचार गर्दै पैसा संकलन गरेका कलाकार बिर्ख विश्वकर्मासँग शाहीको नाम जोडिएको थियो । शाहीले विर्खलाई भाइ मान्दै आएकी थिइन् । विर्खले आफू टुहुरो भएको र अस्पतालमा हेरविचार गर्ने कुरुवा समेत नभएको बताएपछि मानवताको नाताले सहयोग गरेको शाहीको भनाई थियो । विर्खको दावी झुट भएको थाहा पाएपछि उनलाई आत्मग्लानी भएको थियो । तर पनि त्यो बेला सञ्चिताको सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।

सोही प्रसंगलाई जोड्दै माग्नेबुढाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा बिर्खे विर्खेनी भन्दै पोस्ट गरेका थिए । संचिताको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा पक्ष विपक्षमा रहेर व्यापक प्रतिक्रियाहरु आइरहेका छन् । कतिपयले उनको आत्मसम्मानको पक्षमा उभिँदै समर्थन जनाएका छन् भने केहीले यसलाई माग्ने बुढाको हास्यशैली अनुरूपको सामान्य व्यंग्यको रूपमा लिएका छन् । तर, हालसम्म माग्ने बुढाले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । यतिबेला माग्नेबुढा दशैँको फूलपातीमा रिलिज हुने फिल्म ‘माईतीघर’ को छायांकनमा व्यस्त छन् ।

अगाडिकाे पाेस्ट

दर्शकको मन जित्दै ‘के घर के डेरा: घर नं २’

अर्काे पाेस्ट

फिल्म ‘माईतीघर’को क्लाइमेक्स खिच्न केही समय अवरुद्ध, कसैले थाम्न सकेनन् आँशु

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana