इटहरी/तेस्रो सातामा प्रवेश गरेको नेपाली फिल्म ‘के घर के डेरा: घर नं २’ ले दर्शकहरूको मन जितिरहेको छ। सकारात्मक ‘वर्ड अफ माउथ’ र उच्च प्रशंसा बटुलिरहेको यो फिल्मले हलहरूमा आफ्नो पकड अझै बलियो बनाउँदै लगेको छ।फिल्मको निर्माण टोलीका अनुसार, सामान्य नेपाली जीवनका कठिनाइहरू र वास्तविकता लाई यसले जीवन्त रूपमा प्रस्तुत गरेको हुनाले दर्शकहरूले यसलाई ‘आफ्नै कथा’ भन्दै खुलेर तारिफ गरिरहेका छन्।

निर्देशक दीपेन्द्र के खनाल ले दर्शकहरूको प्रतिक्रियाप्रति खुसी व्यक्त गर्दै भने, “हामीले जति पनि प्रतिक्रिया पाएका छौँ, ती सबै सकारात्मक छन्। यो ‘वर्ड अफ माउथ’ ले गर्दा दर्शकको संख्या अझै बढ्नेमा हामी ढुक्क छौँ।”वितरक करण श्रेष्ठ ले ‘के घर के डेरा: घर नं २’ को बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै यसका शोहरू थप्ने तयारी भइरहेको जानकारी दिए। कतिपय हलहरूमा उच्च दर्शक उपस्थिति रहनेमा निर्माण पक्ष विश्वस्त छ।
साहित्यकार बुद्धि सागर ले लेखेको यो कथालाई दीपेन्द्र के खनालले कुशलतापूर्वक निर्देशन गरेका छन्। फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्ट लगायतका प्रतिभाशाली कलाकारहरूको अभिनय रहेको छ।एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसन को प्रस्तुतिमा निर्मित ‘के घर के डेरा: घर नं २’ मा कृष्णबहादुर थापा को छायांकन र युवराज कार्की को कार्यकारी निर्माण रहेको छ। नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन ले यस फिल्मको निर्माण गरेका हुन्।

@parikalanewsofficial














Discussion about this post