इटहरी/नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले अहिले फिल्म क्षेत्रमा एउटा नयाँ इतिहास रच्दै छ।सामान्यतया रिलिज भएको केही हप्तामै हलबाट हट्ने नेपाली फिल्महरूको परम्परालाई तोड्दै, यो फिल्मले प्रदर्शनको चौथो सातामा पनि आफ्नो बलियो पकड जमाएको छ। आटमान्डु नेपालको ब्यानरमा निर्माण भएको यस फिल्मले, देशभरबाट करिब १० करोड ५ लाख रुपैयाँको अविश्वसनीय आम्दानी गरिसकेको छ। यो आँकडा आफैँमा नेपाली फिल्मको लागि एउटा ठूलो सफलता हो।चौथो हप्तामा पनि ‘ऊनको स्वीटर’ देशभरका १०० भन्दा बढी शोमा चलिरहेको छ। यसले देखाउँछ कि फिल्मले दर्शकको मनमा कति गहिरो छाप छोड्न सफल भएको छ ।

प्रदर्शनको पहिलो दिनदेखि नै ‘ऊनको स्वीटर’ ले सकारात्मक प्रतिक्रिया पाएको हो । विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस लगायतका कलाकारहरूको जीवन्त अभिनयले फिल्मलाई अझ गहिरो र यादगार बनाएको छ। आम दर्शकदेखि लिएर फिल्म समीक्षकहरूसम्मले यसको खुलेर प्रशंसा गरेका छन्, जसले गर्दा फिल्मको चर्चा चुलिएको छ।
‘ऊनको स्वीटर’ ले केवल बक्स अफिसमा मात्र राम्रो प्रदर्शन गरेको छैन, यसले दर्शकहरु बाट पनि उत्तिकै राम्रो प्रतिक्रिया पाइरहेको छ । यद्यपि विदेशको आम्दानीको आँकडा सार्वजनिक भैसकेको छैन, निर्माण टोलीले अन्तर्राष्ट्रिय बजारमा पनि फिल्मले राम्रो गरिरहेको संकेत दिएको छ।नेपालको प्रमुख मल्टिप्लेक्स क्यू एफ एक्स सिनेमाजले ‘ऊनको स्वीटर’ लाई सुपरहिट घोषणा गरिसकेको छ। यसरी यो फिल्म वि.सं. २०८२ सालको पहिलो सुपरहिट फिल्म बन्न सफल भएको छ, जसले नेपाली सिनेमा उद्योगमा नयाँ ऊर्जा र आशा जगाएको छ।

@parikalanewsofficial















Discussion about this post