Saturday, December 6, 2025
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

विराटनगरमा ३ दिने चलचित्र निर्माण कार्यशाला सुरु, १२ गाँउका लेखक सहित ४ जना सम्मानित

✍ सुवास संकल्प
जेष्ठ १७, २०८२ मा प्रकाशित
विराटनगरमा ३ दिने चलचित्र निर्माण कार्यशाला सुरु, १२ गाँउका लेखक सहित ४ जना सम्मानित

इटहरी/ कोशी प्रदेशको राजधानी बिराटनगरमा चाँदनी फिल्मस्को आयोजनामा आजदेखि “नेपाली चलचित्रमा साहित्य विषयक गोष्ठी तथा ३ दिने चलचित्र कार्यशाला-२०८२” सुरु भएको छ । आज बिराटनगर बसपार्क नजिकैको आरके पार्टी प्यालेसमा आयोजित यो कार्यक्रमको भव्य उद्घाटन समारोहमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी प्रमुख अतिथि थिए । मन्त्री भण्डारीले दीप प्रज्वलन गरी तीनदिने गोष्ठी तथा कार्यशालाको शुभारम्भ गरे ।

कार्यक्रमको सभापतित्व मधु पोख्रेलले गरेका थिए भने कार्यक्रम संयोजक, आयोजक संस्था चाँदनी फिल्मस् बिराटनगरका केशव रायमाझी रहेका थिए । कार्यक्रममा विशिष्ट साहित्यकार तथा चलचित्रकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । उद्घाटन समारोहमा “नेपाली चलचित्रमा साहित्य” विषयक विचार गोष्ठीमा अग्रज साहित्यकार तथा चलचित्रकर्मीहरूले आफ्ना महत्त्वपूर्ण विचारहरू प्रस्तुत गरेका थिए ।

सोही अवसरमा चलचित्र, कला, संस्कृति र नृत्य क्षेत्रमा दीर्घकालदेखि योगदान पुर्‍याउँदै आएका चार व्यक्तिलाई सम्मान समेत गरिएको छ । सम्मानित हुनेहरूमा कलाकार तथा ब्लक बस्टर भएको नेपाली फिल्म ‘१२ गाउँ’ लेखक सन्तोष सरकार, नृत्यकार बबिता भुषाल, नृत्य निर्देशक सम्झना दाहाल र गायक दिनेश राई रहेका छन् । उद्घाटन कार्यक्रममा विभिन्न जातिय नृत्यहरू प्रस्तुत गरिनुका साथै वरिष्ठ गायक रामा मण्डल र नितिन गजुरेलले आफ्ना लोकप्रिय गीतहरू गाएर उपस्थितलाई मनोरञ्जन प्रदान गरेका थिए ।

@parikalanewsofficial

उद्घाटन समारोह लगत्तै “चलचित्र निर्माण कार्यशाला” पनि सुरु भएको छ । आयोजकका अनुसार यो कार्यशाला भोलि र पर्सी पनि सञ्चालन हुनेछ । विराटनगरका २० जना कलाप्रेमीहरूको सहभागिता रहेको यो कार्यशालामा अनुभवी कलाकार तथा निर्देशक विजय संयोक सुब्बाले प्रशिक्षण दिनेछन् । उनले सहभागीहरूलाई अभिनय, निर्देशन, कथा लेखन लगायत चलचित्र निर्माणका आधारभूत पक्षहरू बारे प्रशिक्षण दिनेछन् । नेपाल चलचित्र विकास बोर्डको सहकार्यमा आयोजना भएको यो कार्यशाला यही वैशाख १७ गते समापन हुने आयोजकले जनाएको छ ।

अगाडिकाे पाेस्ट

हलिउडमा नेपाली झण्डा: ‘पाउलो’ लस एन्जलसको फिल्म फेस्टिभलमा छनोट

अर्काे पाेस्ट

फिल्म उद्योगका लागि पूर्वाधार विकासमा सरकारको पहल

सुवास संकल्प

सुवास संकल्प

सुवास संकल्प श्रेष्ठ विगत १४ वर्षदेखि मनोरञ्जन बिटमा रही कोसी प्रदेशको इटहरीबाट निरन्तर कलम चलाइरहेका छन् । चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न विषयहरुमा लेख्नुका साथै अन्तरवार्ता, मल्टिमिडियालगायतका क्षेत्रमा समेत काम गरिरहेका उनी यस अनलाइनको सञ्चालक तथा कार्यकारी सम्पादकको रुपमा कार्यरत छन् ।

Related Posts

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’को ट्रेलर रिलिज, मङ्सिर २६ देखि प्रदर्शनमा
कलिउड न्युज

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’को ट्रेलर रिलिज, मङ्सिर २६ देखि प्रदर्शनमा

✍ परिकला न्यूज
मंसिर १९, २०८२ मा प्रकाशित
0

...

‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा
कलिउड न्युज

‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा

✍ परिकला न्यूज
मंसिर १७, २०८२ मा प्रकाशित
0

...

फिल्म ‘कुमारी’को रिलिज मितिसँगै चर्चित गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

फिल्म ‘कुमारी’को रिलिज मितिसँगै चर्चित गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

मंसिर १७, २०८२ मा प्रकाशित
विद्यार्थीको मनोविज्ञान र ‘फर्स्ट’ हुनैपर्ने दबाबमाथि ‘रोल नंं. १’, सुरुभयो छायांकन

विद्यार्थीको मनोविज्ञान र ‘फर्स्ट’ हुनैपर्ने दबाबमाथि ‘रोल नंं. १’, सुरुभयो छायांकन

मंसिर १७, २०८२ मा प्रकाशित
‘पूर्ण बहादुरको सारङ्गी’को रेकर्ड ब्रेकपछि निर्माताको अर्को परिक्षा, ‘अभिमन्यु’ किन हेर्ने ?

‘पूर्ण बहादुरको सारङ्गी’को रेकर्ड ब्रेकपछि निर्माताको अर्को परिक्षा, ‘अभिमन्यु’ किन हेर्ने ?

मंसिर १७, २०८२ मा प्रकाशित
गणेश उप्रेतीको कमब्याक फिल्म ‘झरीपछिको इन्द्रिणी’को पोस्टर सार्वजनिक

गणेश उप्रेतीको कमब्याक फिल्म ‘झरीपछिको इन्द्रिणी’को पोस्टर सार्वजनिक

मंसिर १७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’को ट्रेलर रिलिज, मङ्सिर २६ देखि प्रदर्शनमा

शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’को ट्रेलर रिलिज, मङ्सिर २६ देखि प्रदर्शनमा

मंसिर १९, २०८२ मा प्रकाशित
‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा

‘अभिमन्यु : च्याप्टर-१’ प्रिमियर: स्टारडम होइन, ‘दमदार अभिनय र कथा

मंसिर १७, २०८२ मा प्रकाशित
फिल्म ‘कुमारी’को रिलिज मितिसँगै चर्चित गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

फिल्म ‘कुमारी’को रिलिज मितिसँगै चर्चित गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

मंसिर १७, २०८२ मा प्रकाशित
विद्यार्थीको मनोविज्ञान र ‘फर्स्ट’ हुनैपर्ने दबाबमाथि ‘रोल नंं. १’, सुरुभयो छायांकन

विद्यार्थीको मनोविज्ञान र ‘फर्स्ट’ हुनैपर्ने दबाबमाथि ‘रोल नंं. १’, सुरुभयो छायांकन

मंसिर १७, २०८२ मा प्रकाशित
‘पूर्ण बहादुरको सारङ्गी’को रेकर्ड ब्रेकपछि निर्माताको अर्को परिक्षा, ‘अभिमन्यु’ किन हेर्ने ?

‘पूर्ण बहादुरको सारङ्गी’को रेकर्ड ब्रेकपछि निर्माताको अर्को परिक्षा, ‘अभिमन्यु’ किन हेर्ने ?

मंसिर १७, २०८२ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana