इटहरी/ पपगायक सबिन राई र उनको ब्यान्ड ‘फारोह’ ले सन् २०२५ मा अमेरिकाभरि ‘अमेरिका टूर २०२५’ आयोजना गर्ने घोषणा गरेको छ। यसअनुसार जुलाई २५ देखि सेप्टेम्बर २० सम्म विभिन्न १५ वटा शहरमा प्रस्तुति दिनेछ। सांगीतिक यात्रा जुलाई २५ मा कोलोराडोको डेनभरबाट सुरु भई जुलाई २६ मा पेन्सिलभेनियाको पिटसबर्ग पुग्नेछ। अगस्ट महिनामा टेक्सासको ड्यालस अगस्ट १, नर्थ क्यारोलिनाको चार्लोट्टी अगस्ट २, म्यासाचुसेट्सको बोस्टन अगस्ट ८, ओहायाको सिनसिटआटी अगस्ट ९, टेक्सासको अस्टिन अगस्ट १५,इलिनियोसको सिकागो अगस्ट १६, र पेन्सिलभेनियाको ह्यारिसबर्ग अगस्ट २३ मा प्रस्तुति दिनेछ। सेप्टेम्बरमा मिनिसोटाको मिनिआपोलिस सेप्टेम्बर ५, मेरिल्याण्डको सिल्भर स्प्रिङ सेप्टेम्बर ६, जर्जियाको एटलान्टा सेप्टेम्बर १२, न्यूयोर्क सिटी (सेप्टेम्बर १४) मा कार्यक्रमहरू तय भएका छन्।
टूरको अन्त्यमा सेप्टेम्बर १९ मा लस एन्जलस र सेप्टेम्बर २० मा सन फ्रान्सिस्कोमा प्रस्तुति दिएर यात्रा टुङ्ग्याउनेछ। सबिन राई एन्ड ब्याण्डको वर्तमान लाइनअपमा सविन राई मुख्य गायक, गितारमा जोन श्रेष्ठ, निकेश केसी गितार, बासमा जीवन लामा, ड्रम्स र समूह व्यवस्थापक छन्।


@parikalanewsofficial

















Discussion about this post