Saturday, April 18, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

‘ऊनको स्वीटर’: नेपाली बक्स अफिसमा नयाँ इतिहास, बन्यो यस वर्षको पहिलो सुपरहिट

✍ परिकला न्यूज
जेष्ठ १४, २०८२ मा प्रकाशित
‘ऊनको स्वीटर’: नेपाली बक्स अफिसमा नयाँ इतिहास, बन्यो यस वर्षको पहिलो सुपरहिट

इटहरी/नेपाली फिल्म उद्योगले लामो समयदेखि पर्खिरहेको सफलता ‘ऊनको स्वीटर’ले ल्याएको छ। विपिन कार्की र मिरूना मगरको मुख्य अभिनय रहेको यस फिल्मले दर्शकमाझ बेग्लै तरंग पैदा गर्दै यो वर्षको पहिलो सुपरहिट बन्न सफल भएको छ।

नविन चौहानको निर्देशनमा बनेको यो फिल्मले रिलिजको केही दिनमै सकारात्मक समीक्षाका साथै उत्साहजनक दर्शक उपस्थिति पनि सुनिश्चित गर्‍यो। फागुनमा रिलिज भएको ‘अञ्जिला’ पछिको सुस्त बक्स अफिसलाई ‘ऊनको स्वीटर’ले एक्कासि जीवन्त बनाएको हो। वैशाख २६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले तेस्रो सातासम्म आइपुग्दा पनि मल्टिप्लेक्स र सिंगल स्क्रिन दुबैमा उल्लेखनीय दर्शक आकर्षित गरिरहेको छ।

नेपालकै ठूलो मल्टिप्लेक्स सञ्जाल, क्यु एफ एक्स ले यसलाई “सुपरहिट” को मान्यता दिइसकेको छ। निर्माता कम्पनी आर्टमाण्डु नेपालका अनुसार फिल्मले रिलिजको दुई सातामा मात्रै ८ करोड १० लाख रुपैयाँ ग्रस आम्दानी गरेको छ—यो तथ्यांकले पनि यसको व्यावसायिक सफलतालाई पुष्टि गर्छ।‘ऊनको स्वीटर’ आर्टमाण्डु नेपालको पहिलो प्रोडक्सन हो, र म्युजिकल प्रेमकथाको शैलीमा बनेको यो फिल्मले दर्शकको मुटुमा गहिरो छाप छोडेको छ। विपिन र मिरूनासँगै एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, सुनील पोखरेल, माओत्से गुरूङजस्ता कलाकारहरूको दमदार अभिनयले कथालाई जीवन्त बनाएको छ।

फिल्मको ट्रेलर, टिजर, र कथानकमा आधारित गीतहरूले रिलिज अघि नै राम्रो ‘हाइप’ सिर्जना गरेका थिए। पूर्वी पहाडको बहुसांस्कृतिक परिवेशमा आधारित प्रेमकथा भएकाले पनि यो फिल्म नेपाली दर्शकमाझ अझ सजीव भएर प्रस्तुत भएको छ।‘वर्ड अफ माउथ’ बलियो बनिरहेको छ, जसका कारण फिल्मले आगामी दिनहरूमा अझ बढी कमाइ गर्ने अनुमान गरिएको छ।‘ऊनको स्वीटर’ ले नेपाली सिनेमा उद्योगमा नयाँ आशाको रेखा कोरेको छ ।

@parikalanewsofficial

अगाडिकाे पाेस्ट

‘जन्ते बाख्रो’ को ट्रेलर सार्वजनिक: जेठ २३ मा प्रदर्शनमा आउने

अर्काे पाेस्ट

‘महाभोज’को प्रिभ्युमा सहकारी पीडितहरूको उत्साह: हलभरि नाराबाजी, अग्रिम टिकट बुकिङ सुरु

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म
कलिउड न्युज

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए
कलिउड न्युज

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

✍ परिकला न्यूज
बैशाख २, २०८३ मा प्रकाशित
0

...

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित
महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

महाराज र नग्न अवतार: पुष्पले गरे रगतको औँठाछाप, दशैंमा आउँदै ‘महाराजाधिराज’

बैशाख २, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

‘सँगै मिलेर इतिहास रचौं’ भन्दै अनमोल केसीले फ्यानलाई समर्पित गरे आगामी ४ ठूला फिल्म

बैशाख २, २०८३ मा प्रकाशित
सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

सलिनमानकाे गर्धनमा ट्याटु र हातमा चुरोट, ७ वर्षपछि ‘ग्याङस्टर’ लुक्समा देखिए

बैशाख २, २०८३ मा प्रकाशित
एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

एउटा सामान्य ‘पाले’ कसरी बन्छ ‘सर’ ? सन्देश घिमिरेले दशैंमा ल्याउँदै ‘पाले सर’

बैशाख २, २०८३ मा प्रकाशित
पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

पुरानो तिक्तता भुल्दै ‘जिग्री’ र ‘काकु’को पुनर्मिलनः फिल्म ‘चिरञ्जीवी भवः’मा सहकार्य गर्दै

बैशाख २, २०८३ मा प्रकाशित
बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बक्स अफिसमा रेकर्ड बनाएका निर्माता विनोद पौडेल अब निर्देशक बन्ने, घोषणा गरे ‘दुई किनारा’

बैशाख २, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana