इटहरी /बहुप्रतिक्षित नेपाली फिल्म ‘जन्ते बाख्रो’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै यतिबेला दर्शकमाझ फिल्मप्रति ठूलो उत्सुकता छाएको छ, जसले हाँसो सँगै केही गम्भीर सामाजिक सन्देशको गहिरो मिश्रण बोकेको देखिन्छ। यतिबेला दर्शकमाझ फिल्मप्रति ठूलो उत्सुकता छाएको छ।
सिमोस सुनुवार को निर्देशनमा तयार भएको यस फिल्मको ट्रेलरमा ग्रामीण जीवनशैली, मौलिक रीतिरिवाज र नेपाली परम्पराअनुसार दुलही भित्र्याउँदा खुवाइने ‘जन्ते बाख्रो’ (भोज) को कथालाई निकै रमाइलो ढंगले प्रस्तुत गरिएको छ। ट्रेलरले ‘जन्ते बाख्रो’ कमेडी, ड्रामा र सामाजिक यथार्थको सन्तुलित संयोजन भएको स्पष्ट पार्छ।सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारको अभिनय रहेको छ ।मुईन इन्टरटेनमेन्ट को प्रस्तुति रहेको ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको हो। यसको कथा, पटकथा र संवादको जिम्मा प्रदीप भारद्धाजले सम्हालेका छन्।
विश्वव्यापी प्रदर्शनको तयारीमा रहेको ‘जन्ते बाख्रो’ आगामी जेठ २३ गते नेपालसहित विदेशमा पनि एकसाथ रिलिज हुनेछ। हरि हुँमागाई ले डिओपी, उत्तम हुँमागाई ले सिनेमाटोग्राफी, सुनिल शिवभक्ति ले सम्पादनको जिम्मेवारी लिएका छन्। रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) ले यसको पोस्टरलाई कलात्मक रूप दिएका छन्। टिफल्क फिल्मस् मार्फत दर्शकमाझ पुग्ने यो फिल्म को डिजिटल अधिकार जी टु वान डिजिटल ले गरिसकेको छ।यसको प्रदर्शन मिति नजिकिँदै गर्दा, फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।
@parikalanewsofficial
Discussion about this post