इटहरी/ ‘कुरिरहेछु’ बोलको गीतमार्फत गायक रोहित थापा मगर फेरि दर्शकमाझ आएका छन् । प्रेमिल भावनाले भरिएको यस गीतको भिडियो उनको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा शब्द, संगीत र स्वर सबै रोहितकै छन् । भिडियोमा पनि उनी आफैं देखिन्छन् । प्रेममा डुबेको पात्रका रूपमा, गहिरा भाव र संगीतमा मग्न स्वरुपमा उनी भिडियोमा प्रस्तुत भएका छन् । गीतको लय र शब्दले प्रेममा पर्खिरहने मनको संवेदनालाई उजागर गर्छ । हेर्नुस् भिडियो ।
गीतको एरेन्ज उज्ज्वल सागरले गरेका छन् भने सारंगीमा मनीष गन्धर्वले साथ दिएका छन् । गगन मगर र समीर लामाको पार्श्व गायन तथा छायांकन रहेको भिडियो नेत्र बहादुर मगरले निर्माण गरेका हुन् । भावनात्मक प्रभाव र कलात्मक प्रस्तुतीका कारण यो गीत दर्शक–श्रोतामाझ लोकप्रिय बन्ने अपेक्षा गरिएको छ ।
@parikalanewsofficial















Discussion about this post