इटहरी/ नेपाली फिल्मले अहिले आफ्नै सीमा नाघेर अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाइरहेको छ । हालै जापानमा सम्पन्न सन् २०२५ को ‘जिन्सेओ आरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभल’ मा दुई नेपाली फिल्म ‘पिताम्बर’ र ‘रंगी’ ले उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न अवार्ड जित्न सफल भएका छन् । यसले नेपाली फिल्मलाई विश्वसामु चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । एक्सन र ड्रामाको उत्कृष्ट संयोजन रहेको ‘पिताम्बर’ ले दर्शकको मन जित्दै धेरै अवार्ड हात पारेको छ । यस फिल्ममा मुख्य भूमिका निभाएका सौगात मल्लले उत्कृष्ट अभिनेताको अवार्ड जिते ।
त्यस्तै, अनुप बिक्रम शाहीले आफ्नो दमदार अभिनयका लागि ‘ब्रेकथ्रु परफर्मेन्स’ को उपाधि प्राप्त गरे । कृषा चौलागाईंले यस फिल्मको निर्देशन सम्हाल्दै उत्कृष्ट निर्देशकको अवार्ड जितिन्, जसले नेपाली फिल्म उद्योगमा महिला नेतृत्वको सशक्त उपस्थितिलाई प्रमाणित गर्छ । त्यस्तैगरी भावनात्मक कथावस्तु बोकेको ‘रंगी’ फिल्म पनि अवार्डबाट वञ्चित भएन । यस फिल्ममा आफ्नो संवेदनशील अभिनयका लागि सलोन बस्नेतले ड्रामा विधामा उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरे। सुरेश न्यौपाने, जसले ‘रंगी’ लाई निर्देशन गरेका थिए, उनले पनि आफ्नो निर्देशन प्रतिभाका लागि सम्मान पाए ।
अवार्ड समारोह मे २५ तारिख, साँझ ५ बजे नागोयास्थित मेनिकन कला र संस्कृति स्मृति भवन (आओइ थिएटर) मा सम्पन्न भएको थियो । यसमा नेपालबाट फिल्मका मुख्य कलाकार तथा टोलीको सहभागिता थियो।अहिले नेपाली फिल्मले विश्वभर आफ्नो छाप छोड्न थालेको छ । ‘पिताम्बर’ र ‘रंगी’ को यो सफलता एउटा सुरुवात मात्र हुन सक्छ, तर यसले नेपाली फिल्म उद्योगका लागि नयाँ प्रेरणाको स्रोत बनेको छ ।
@parikalanewsofficial















Discussion about this post