इटहरी/ लगातार हिट फिल्म दिन सफल निर्देशक चन्द्र पन्तले नयाँ फिल्म ‘आ बाट आमा’ को घोषणा गरेका छन् । यस फिल्ममा उनले १६ वर्षपछि ‘ह्रस्व दीर्घ’ मार्फत नेपाली फिल्ममा शानदार पुनरागमन गरेकी अभिनेत्री बिपना थापासँग सहकार्य गर्ने भएका छन् । यी दुईले यसअघि ‘ह्रस्व दीर्घ’ मा काम गरिसकेका छन्, जुन फिल्म दर्शकले निकै मन पराएका थिए ।
निर्देशक पन्तले ‘आ बाट आमा’ को कथा मार्मिक भएको र त्यसैले बिपनालाई मुख्य भूमिकाका लागि चयन गरिएको बताएका छन् । फिल्मको छायाङ्कन आउँदो भदौबाट सुरु हुनेछ भने प्रदर्शन मिति २०८२ साल फाल्गुन १५ गतेलाई तोकिएको छ । बिपना थापाले पनि फिल्मको कथाले आफूलाई निकै छोएको र काम गर्न उत्साहित भएको बताएकी छन् ।

अभिमन्यू निरवीले लेखेको यो फिल्मको कथा आमा र बच्चाको भावनात्मक सम्बन्धमा आधारित हुनेछ, जसको झलक सार्वजनिक थिम पोस्टरमा देख्न सकिन्छ । फिल्ममा बिपना आमाको भूमिकामा देखिने भए पनि अन्य कलाकारहरूको छनोट प्रक्रिया जारी रहेको निर्माण पक्षले जनाएको छ । यो फिल्मका पन्तको कथा समावेश फिल्म ‘नरसिंहा अवतार’ यतिबेला देशभर भव्यताका साथ प्रदर्शन भइरहेको छ ।
@parikalanewsofficial














Discussion about this post