इटहरी/ नवीन चौहानद्वारा लिखित तथा निर्देशित फिल्म ‘ऊनको स्वीटर’ ले प्रदर्शनको तेस्रो हप्तामा पनि आफ्नो पकड बलियो बनाएको छ । आर्टमाण्डू नेपाल प्रा.ली.को निर्माणमा बनेको यो फिल्मले दर्शकहरूको मन जित्दै दुई हप्तामा ८ करोड १० लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ ।
निर्माताका अनुसार, स्वदेशमा मात्र नभई विदेशमा पनि फिल्मले राम्रो व्यापार गरिरहेको छ, यद्यपि ओभरसिज कलेक्सनको आधिकारिक तथ्याङ्क आउन बाँकी छ । १२० भन्दा बढी हलहरूमा प्रदर्शन भइरहेको ‘ऊनको स्वीटर’ रिलिज भएदेखि नै हाउसफुल छ ।
@parikalanewsofficial
नयाँ फिल्महरू प्रदर्शनमा आए पनि यसले तेस्रो हप्तामा पनि १२० शो पाउनुलाई उल्लेखनीय सफलता मान्न सकिन्छ । विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेल जस्ता कलाकारहरूको अभिनय रहेको यो फिल्मलाई दर्शकहरूले दमदार प्रस्तुति, जीवन्त संवाद र चौहानको निर्देशनका कारण मन पराएका छन् ।














Discussion about this post