इटहरी/ केही समययता प्यान्क्रियाजको समस्याबाट ग्रस्त रहेका हास्यकलाकार मेक्सम गौडेल हाल दिल्लीस्थित मेदान्त अस्पतालमा स्वास्थ्य परीक्षण गराइरहेका छन् । दुई महिनादेखि समस्या झेलिरहेका गौडेलको अवस्था अहिले सामान्य रहेको र उनी फलोअपका लागि अस्पतालमा भर्ना भएको उनका सहकर्मीहरूले जनाएका छन् ।
गौडेलको उपचारबारे जानकारी दिंदै हास्यकलाकार सुमन कार्कीले सामाजिक सञ्जालमार्फत उनको अस्पताल भर्ना भएको पुष्टि गरेका छन् । त्यस्तै, ‘कमेडी नाइट विथ च्याम्पियन्स’का निर्देशक विशाल भण्डारीका अनुसार, गौडेल पहिले देखिनै मेदान्तमा फलोअप गराइरहेका थिए । अहिलेको भर्ना पनि सोही प्रक्रिया अन्तर्गत भएको बताइएको छ ।
‘कमेडी च्याम्पियन’बाट पहिचान बनाएका गौडेल पछिल्लो समय ‘छक्कापञ्जा ५’ र ‘फेरि रेशम फिलिली’ जस्ता चर्चित फिल्महरूमा अभिनय गरेर दर्शकमाझ थप लोकप्रिय भएका थिए । यस्तै, ‘कमेडी नाइट विथ च्याम्पियन्स’को चार एपिसोडमा देखिएपछि उनी बिरामी परेका थिए । सहकर्मी तथा शुभचिन्तकहरू उनलाई चाँडै पूर्णरूपमा निको भई स्टेजमा फर्किऊन् भन्ने कामनासहित सामाजिक सञ्जालमार्फत शुभेच्छा व्यक्त गरिरहेका छन् ।
@parikalanewsofficial














Discussion about this post