ईटहरी/ सामाजिक कमेडी फिल्म ‘जन्ते बाख्रो’को शीर्ष गीत ‘मुकु मुकु म्या’ सार्वजनिक भएको छ । नेपाली ग्रामीण समाजको सांस्कृतिक रीतिरिवाजलाई समेटिएको यो गीतमा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडी लगायतका कलाकारहरूलाई पारम्परिक भेषभूषामा फिचर गरिएको छ । जी टू वान डिजिटल मार्फत सार्वजनिक गरिएको गीतमा कृष्ण भारद्वाज र निर्भिकल्पमको शब्द, कृष्ण भारद्वाजकै स्वर तथा रिकेश गुरुङको संगीत रहेको छ ।
गीतको कोरियोग्राफी प्रदीप लामाले र सम्पादन लोकेश बज्राचार्यले गरेका हुन् । निर्देशक सिमोश सुनुवारका अनुसार, फिल्म नेपाली विवाह संस्कृतिमा बेहुली पक्षले जन्तीलाई खेतबारी वा खुला ठाउँमा खुवाउने परम्परा – ‘जन्ते बाख्रो’ – माथि केन्द्रित छ । फिल्ममा रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । हेर्नुस् भिडियो ।
यसअघि सार्वजनिक गरिएका ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ गीतले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेका छन् । मुईन इन्टरटेनमेन्टको प्रस्तुतीमा बनेको यस फिल्मको निर्माण सन्तोष गौतम, कथा प्रदीप भारद्वाज, छायांकन निर्देशन हरि हुमागाईं, छायांकन उत्तम हुमागाईं, र सम्पादन सुनिल शिवभक्तिको रहेको छ । टिफल्क फिल्मस् मार्फत वितरण हुने फिल्मका डिजिटल अधिकार जी टू वान डिजिटलले खरिद गरेको छ । ‘जन्ते बाख्रो’ यही जेठ २३ गते नेपालसहित विश्वभर एकैसाथ प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ ।
@parikalanewsofficial














Discussion about this post