काठमाडौं/ आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मोहर’ यतिबेला चर्चामा छ । हालै फिल्मको मुख्य आकर्षण मानिएको शिर्ष गीत ‘चाहिदैन मोहर’ को छायांकन कार्य सम्पन्न भएको छ । यस गीतमा नायक पल शाह र नायिका नीति शाहको जोडीले अभिनय गरेका छन् । चितवन र नवलपरासीका रमणीय स्थानहरुमा ५ दिन लगाएर छायांकन गरिएको यस गीतमा थारु संस्कृतिको झलक पनि देख्न सकिनेछ ।
सुरेश अधिकारीको संगीत, प्रमोद ढुंगानाको शब्द रहेको यस गीतलाई शरद हुमागाँई र विशाखा साहीले स्वर दिएका छन् । गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । निर्माण पक्षले केही हप्ताभित्रै गीतलाई दर्शकमाझ ल्याउने तयारी गरिरहेको छ ।

फिल्म मेकर्स प्रा.लि. को ब्यानरमा निर्माण भएको ‘मोहर’ लाई ओम प्रतिकले लेखेका र निर्देशन गरेका हुन् । चुम्बन जंग शाही फिल्मका निर्माता हुन् । पल शाह र नीति शाहको अलवा फिल्ममा बेनिशा हमाल, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सारा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।
@parikalanewsofficial
फिल्ममा दिपेन बस्न्यातको छायांकन, कुमार महर्जनको एक्सन, सुरेश अधिकारी र एसडी योगीको संगीत तथा प्रमोद ढुंगाना र हर्क साउदको शब्द रहेको छ । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यस फिल्ममा लक्ष्मणराज पौडेल निर्माण नियन्त्रकको रुपमा रहेका छन् । फिल्मको केही तस्वीर र फस्टलुक सार्वजनिक भएपछि दर्शकमा फिल्मप्रति चासो र उत्सुकता अझ बढेको देखिन्छ । शिर्ष गीत सार्वजनिक भएपछि फिल्मले अझै चर्चा पाउने अपेक्षा गरिएको छ ।

















Discussion about this post