इटहरी/ यही जेठ ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’ यतिबेला चर्चामा छ । फिल्मको प्रचार प्रसारका क्रममा हालै सार्वजनिक गरिएको दोस्रो गीत ‘मेरी प्यारी छोरी’ ले सार्वजानिक पश्चात दर्शकहरुको मन छुन सफल भएको छ । यो गीतले फिल्मको एउटा महत्वपूर्ण पाटो – बाबु र छोरीबिचको भावनात्मक र मर्मस्पर्शी सम्बन्धलाई उजागर गरेको छ ।
स्वरुपराज आचार्यको सुमधुर स्वरमा सजिएको यस गीतमा मुक्त उदासका शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ । गीतको भिडियोमा महानायक राजेश हमाल, नायिका नीति शाह र बाल-कलाकार एल्भिना खड्काको जीवन्त अभिनय देख्न सकिन्छ । भिडियोमा विशेषगरी राजेश हमालको एल्भिनाप्रतिको स्नेहपूर्ण प्रस्तुति र नीति शाहसँगको भावनात्मक दृश्यहरुलाई सुन्दर ढंगले कैद गरिएको छ । हेर्नुस् भिडियो ।
गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । दिवाकर भट्टराइको लेखन र निर्देशनमा तयार भएको ‘नरसिंहाः अवतार’ मा राजेश हमाल र नीति शाहका साथै राज कटुवाल, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्रकार, सरोज खनाल, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, दीपा शाही लगायतका अनुभवी तथा नयाँ पुस्ताका कलाकारहरुको अभिनय रहेको छ ।
फिल्मको कथा चन्द्र पन्तले लेखेका हुन् ।
यसमा राजु तामाङको एक्सन निर्देशन, राजु थापाको डीओपी र साहिल खान तथा मिलन श्रेष्ठको सम्पादन रहेको छ । फिल्ममा नेम महर्जन, नरेन्द्र महर्जन, दीपक प्रसाद ढकाल र ध्रुव न्यौपानेले लगानी गरेका छन् । सार्वजनिक भइसकेको फिल्मको ट्रेलर र ‘मेरी प्यारी छोरी’ गीत दुवैले दर्शकहरुबाट पाएको उच्च सकारात्मक प्रतिक्रियाले ‘नरसिंहाः अवतार’ को बक्स अफिस यात्रा सुरुमा बलियो हुने विश्वास निर्माण पक्षले लिएको छ ।
@parikalanewsofficial















Discussion about this post