Tuesday, April 21, 2026
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज
  • हाेमपेज
  • कलिउड न्युज
    • संगीत
    • साहित्य
    • ट्रेण्डिङ्ग
    • रंगमञ्च
    • इभेन्ट
  • बलिउड न्युज
  • भिडियाे
  • टिजर/ट्रेलर
  • गसिप
  • अन्तरवार्ता
  • तस्बिर
    • कार्यक्रम
    • कलाकार
No Result
View All Result
परिकलान्यूज

गजल ‘नदीमा तिमी छौ’: बबिना भट्टराईको स्वर, संगीत र भिडियोमा आफै फिचर्ड

✍ परिकला न्यूज
जेष्ठ २, २०८२ मा प्रकाशित
गजल ‘नदीमा तिमी छौ’: बबिना भट्टराईको स्वर, संगीत र भिडियोमा आफै फिचर्ड

काठमाडौं/ पछिल्लो समय नेपाली साहित्य र संगीतको क्षेत्रमा गजलले पुनरागमन गर्दै आफ्नो छुट्टै स्थान बनाइरहेको छ । परम्परागत साहित्यिक सुगन्धलाई कायम राख्दै समसामयिक विषयवस्तुलाई कलात्मक ढंगले पस्कने माध्यमका रूपमा गजलको प्रभाव चुलिँदो छ । यही क्रममा, प्रेमको गहिरो भाव बोकेको नयाँ गजल ‘नदीमा तिमी छौ’ सार्वजनिक भएको छ, जसले गजल पारखीहरूमाझ नयाँ उत्साह थपेको छ । वरिष्ठ गजलकार डा. भोजराज घिमिरेको प्रेरणाबाट गजल लेखनमा लागेका र झण्डै एक हजार गजल लेखिसकेका गजलकार बिनोद खनालको रचना रहेको यस गजललाई चर्चित गायिका तथा संगीतकार बबिना भट्टराईले आफ्नो मधुर स्वर र सङ्गीतले सजाएकी छिन् ।

१६ वर्षभन्दा लामो संगीत यात्रामा सुगम संगीतदेखि भक्ति संगीतसम्ममा आफूलाई स्थापित गरिसकेकी बबिनाको स्वरमा यो गजल जीवन्त बनेको छ । ‘नदीमा तिमी छौ, लहरमा तिमी छौ’ जस्ता पंक्तिहरूबाट सुरु हुने यो गजलले प्रेमको गहिरो र प्रतीकात्मक व्याख्या प्रस्तुत गरेको छ । यहाँ ‘नदी’ लाई जीवनयात्राको प्रतीकका रूपमा लिइएको छ, जुन निरन्तर बगिरहन्छ र परिवर्तनशील हुन्छ । नदीको लहरमा प्रेमीको उपस्थिति दर्शाइएको छ, जसले जीवनको हरेक उतारचढाव र चलायमानतामा प्रेमिकाको साथ रहेको अनुभूति गराउँछ ।

गजलले डुङ्गालाई प्रेमीको अस्तित्वसँग तुलना गर्दै प्रेमिकाविना डुङ्गाको कुनै अर्थ नभएको दर्शाएको छ । यसरी प्रेमिका जीवनको मूल प्रवाह र दिशानिर्देश गर्ने तत्व बनेकी छिन् । ‘तिमी साँझ मेरो तिमी नै बिहानी’ भन्दै प्रेमिकालाई आशाको किरण र जीवनको सुरुवात र अन्त्य दुवैको रूपमा चित्रण गरिएको छ । ‘बनि दृष्य सुन्दर नयन सामु आयौ, भएँ मन्त्रमुग्ध नजरमा तिमी छौ’ शेरले प्रेमलाई केवल शारीरिक आकर्षणभन्दा माथि उठाएर एक गहन अनुभूति र आत्मिक समाहितिको रूपमा प्रस्तुत गरेको छ । प्रेमिकालाई हेर्ने नजर मात्र नभई उनलाई बुझ्ने र महसुस गर्ने माध्यम बनेको भाव व्यक्त गरिएको छ । हेर्नुस् भिडियो ।

अन्तिम शेर ‘मिलनको प्रतीक्षा नलम्ब्याउ धेरै, गुलाबी रहरको अधरमा तिमी छौ’ ले मिलनको तीव्र आकांक्षा र प्रेममा रहेको अधीरतालाई उजागर गरेको छ । ‘गुलाबी रहर’ लाई कोमल, मधुर र आत्मिक प्रेमको प्रतीकका रूपमा प्रयोग गरिएको छ, जुन पूर्ण रूपमा फक्रिन लागेको प्रेमको चाहना हो । समग्रमा, गजल ‘नदीमा तिमी छौ’ ले प्रेमलाई आकर्षण मात्र नभई सांसारिक यात्रा, अस्तित्व, समर्पण र आत्माको गहिरो सम्बन्धको रूपमा भावनात्मक र सौन्दर्यपूर्ण ढंगले अभिव्यक्त गरेको छ । यस गजलको संगीत संयोजन लालकाजी श्रेष्ठले गरेका हुन् ।

म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेको यो गजलको मिक्सिङ मास्टरिङ प्रकाश खरेलले गरेका छन् । गजलको भिडियोलाई ए.जे. अजुले निर्देशन गरेका छन् भने अनिल विष्ट प्युठानीले सम्पादन गरेका छन् । भिडियोमा गायिका बबिना भट्टराई आफै फिचर्ड छिन् । दिपक सापकोटाले हारमोनियम, अनिश गन्धर्वले तबला र सुनिल राईले गितारमा साथ दिएर गजललाई थप कर्णप्रिय बनाएका छन् । भिडियोको श्रृंगार रोजिना श्रेष्ठले गरेकी हुन् ।

@parikalanewsofficial

गजलको अडियो इमेज एफ.एम. ९७.९ मा हरिराम पौडेलले संचालन गर्ने ‘मेची देखि महाकाली सम्म’ कार्यक्रम मार्फत सार्वजनिक गरिएको थियो । भिडियो भने गायिका तथा संगीतकार बबिना भट्टराईको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । गजलकार बिनोद खनालले आफ्नो यो पहिलो रेकर्डेड गजलले आम दर्शक र श्रोताको मन जित्ने विश्वास व्यक्त गरे । गायिका तथा संगीतकार बबिना भट्टराईले यति प्रेमिल भावको गजलमा काम गर्न पाउनुलाई एउटा सुनौलो अवसरको रूपमा लिएको बताइन् । उनले गजललाई सुनेर, हेरेर प्रतिक्रिया दिन र यसको निर्माणमा जोडिएका सम्पूर्ण टिमलाई न्याय दिन आग्रह गरिन् ।

कवि तथा गीतकार प्रमोद भट्टराई ‘प्रतीक’ ले गजलका शेरहरू अत्यन्तै प्रेमिल रहेको र स्वर तथा संगीतको संयोजनले यसलाई सुनिरहूँ लाग्ने बनाएको प्रतिक्रिया दिए । उनले प्रेममा डुबेकाहरूलाई गजलले अझ गहिराइमा पुर्याउन सफल भएको भन्दै सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना दिए । करिब १६ वर्षको संगीत यात्रामा बबिना भट्टराईले व्यावसायिक गीत, भक्ति संगीत, बाल गीतका साथै नेपाली संगीतमा पहिलो ‘चारु’ गायिका र संगीतकारको रूपमा समेत आफ्नो पहिचान बनाएकी छिन् । उनका ‘हसाउँछौ तिम्रै मर्जी’, ‘काले काले कृष्ण’, ‘मधुराष्टकम्’, ‘जय जय शम्भु’, ‘मनमा बसाएर राम’, ‘अपराजिता’, ‘अल्लारे’ जस्ता विभिन्न शैलीका गीत तथा भजनहरू लोकप्रिय छन् ।

अगाडिकाे पाेस्ट

फिल्म ‘नरसिंहाः अवतार’को प्रदर्शनअगावै अष्ट्रेलियामा अधिकार बिक्री

अर्काे पाेस्ट

काठमाण्डौ बाहिरका दर्शक भेट्ने तयारीमा ‘ऊनको स्वीटर’ टीम, कहाँ कहाँ पुग्दैछन् कलाकार ?

परिकला न्यूज

परिकला न्यूज

हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

Related Posts

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?
कलिउड न्युज

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

✍ परिकला न्यूज
बैशाख ८, २०८३ मा प्रकाशित
0

...

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै
कलिउड न्युज

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

✍ परिकला न्यूज
बैशाख ७, २०८३ मा प्रकाशित
0

...

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित
नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

नयाँ अनुहारहरू सहित चलचित्र पत्रकार संघको नेतृत्वमा फेरि समीर बलामी

बैशाख ६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा अपडेट

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

याम थापालाई सुम्पेर किन छाडे प्रदीप भट्टराईले ‘लालीबजार’को निर्देशन ?

बैशाख ८, २०८३ मा प्रकाशित
टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

टिकटक र मोडलिङमा जमेकी प्रशंसा अब ‘चिरञ्जीवी भवः’ बाट फिल्ममा डेब्यु गर्दै

बैशाख ७, २०८३ मा प्रकाशित
‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

‘नथिया’ प्रथाविरुद्ध एउटी आमाको संघर्षमा ‘लालीबजार’ ट्रेलर, युट्युब चार्टको दोश्रो स्थानमा

बैशाख ७, २०८३ मा प्रकाशित
विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

विपिन र केकीको ‘क्लासिक लभस्टोरी’ फिल्म ‘काजी’ जेठ ८ गते रिलिज हुने

बैशाख ६, २०८३ मा प्रकाशित
‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिक्किला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

‘मिस इन्डिया वर्ल्ड २०२६’मा दिकिला शेर्पाले जितिन् ‘मिस मल्टिमिडिया’ अवार्ड

बैशाख ६, २०८३ मा प्रकाशित

हाम्रो पुरानो न्युज पोर्टल ‘डिथ्री अनलाइन www.dthreeonline.com’ बाट हामी परिवर्तित भएर ‘परिकला न्युज’ भएका छौँ । हामी काेसी प्रदेशमा अवस्थित सुनसरीको इटहरीमा प्रधान कार्यालय स्थापना गरेर प्रदेशको पहिलो र सक्रिय मनोरन्जन समाचारको मात्र डिजिटल मिडिया हौ । मनोरञ्जनलाई मुख्य बिट बनाउँदै यसैको पेरिफेरिमा रहेर स्थानीय र राष्ट्रिय स्तरका कला र मनोरन्जनसँग सम्बन्धित खबरहरु तथा भिडियो कार्यक्रमहरुलाई सहि र निष्पक्ष तवरले सम्प्रेषण गरिरहेका छौ ।

अध्यक्ष तथा प्रबन्ध निर्देशक : खेमराज श्रेष्ठ ‘सुवास संकल्प’
मोबाईल : ९८२४३९३३०४

अमेरिका संवाददाता: संजय बाबू थापा

काठमाडौ सम्पर्क : युवराज चौलागाईं

श्रिङ्गार : सुस्मिता श्रेष्ठ

क्यामेरा पर्सन : दिनेश श्रेष्ठ

भिडियो एडिटर: इजन तामाङ्

सम्पर्क कार्यालय :
इटहरी, सुनसरी, नेपाल
ट्राफिक अफिस अगाडी, पश्चिम लाईन (कलंकी चोक)

समाचारको लागि : parikalanews@gmail.com

विज्ञापनको लागि : parikalamediaofficial@gmail.com

कम्पनि दर्ता नम्बर : १९८५९६/०७५/०७६

© Parikala Media Pvt. Ltd 2023 ।। Web Design By : IT Karkhana